अख्तियार प्रमुखमा सिफारिस घिमिरेको आज सुनुवाई हुँदै

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको सुनुवाई बिहिबार हुने भएको छ।

संसदीय सुनुवाई विशेष समितिको बिहिबार दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई गर्ने भएको हो।

संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो।

सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ। २०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारीमा छन्।