अमेरिकी लायन्सको सहयोगमा सिन्धुपाल्चोकमा स्थायी क्लिनिक
काठमाडौं- अमेरिकी लायन्सको सहयोगमा सिन्धुपाल्चोकमा स्थायी क्लिनिक लायन्स क्लव इन्टरन्याशनलको सहयोगमा नेपालको भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोकमा सुविधासम्पन् स्थायी क्लिनिक सञ्चालन हुने भएको छ ।
Lion club ktm Ankur chartered presint and National coordinator नरेन्द्र बहादुर अधिकारी र भीसीएन नेपालको समन्वयमा आगामी असोज ८ गते सोमबार सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका वडा नं. ४ को पालातेमा मधुमेह रोगको विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर आयोजना गरि उक्त क्लिनिकको सेवा सुरु गर्न लागिएको हो ।
लायन्स क्लव अफ Sindhupalchowk project is run by Volunteer Corps Nepal (VCN) अमेरिका र सीडीआरटी क्यालिफोर्नियाका तर्फबाट उक्त क्लिनिक र स्वास्थ्य शिविरका लागि स्रोत जुटाइएको लायन्स क्लव अफ काठमाडौं माउन्ट मकालुका अध्यक्ष बुद्धी कार्कीले जानकारी दिनु भयो ।
उक्त कार्यक्रमका लागि लायन्स क्लव ४ सी ३ क्यालिफोर्नियाका पूर्व डिस्ट्रिक गर्भनर राजेन थापाको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरु र विपत व्यवस्थापन विज्ञ किडेन ग्यारेट चुमानसहितको नौ सदस्यीय टोली काठमाडौं आइसकेको छ ।
उक्त कार्यक्रममा लायन्स इन्टरन्याशनल एम.डी. ३२५ नेपालका सम्पूर्ण लायन्सहरुको सहभागिता रहने पनि स्थानीय संयोजक समेत रहनु भएका बुद्धी कार्कीले बताउनु भयो ।