समाचार शेयरगरेका कारण जागिर चट्

जनकपुर- असोज ३ गते देशभर संविधान दिवस भव्य रुपमा मनाइरहीएको थियो तर प्रदेश नम्बर २ मा भने मधेशी नागरीकाले चाहे अनुरुप हक,अधिका हरु अझै पनि स्थापति  संविधानमा स्थापति नएकोले संविधान संसोधको प्रमुख मुद्को रुपमा आवज उठाउदै आएको छ । गत असोज ३ गते देशव्यापी रुपमा संविधान दिवस मनाइ रहदा प्रदेश नम्वर २ ले भने उक्त दिनलाई कालो दिवसको रुपमा मनाइने घोषण गरेको थियो । यसै क्रममा धनुषा जिल्ला अदालतमा खरिदार डिठ्ठा पदमा करारमा कार्यरत गुञ्जा रायलाई समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत जागिरबाट हटाइएको छ ।

रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् ।
जागिरबाट हटेकी रायले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टिकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र थमाइएको बताइन् । ‘मैले त समाचार शेयर गरेकी हुँ, आफ्नो विचार त राखेको होइन रायले पत्रकार सम्मेलनमा भनिन्, ‘समाचार शेयर गरेर अपराधै गरेको भए त स्पष्टिकरण सोध्नुपर्थ्यो नि नि रु’

उनले सिधै सोधपुछ विना जागिरबाट पदमुक्त गरेको मा आफुलाइ पिडा भएको बताइन् । अदालतले २०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको भनी पत्र थमाएको छ । रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको तर आफ्नो नथपिएको बताइन् ।