जापानमा बसेका युवाको सक्रियतामा भिडियो एक्स–रे सहयोग
बागलुङ- गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत उक्त सहयोग जुटेको हो । जापानमा तीज विशेष मेला आयोजना गरेर सङ्कलित रु सात लाख ५० हजारबाट मसिन खरीद गरिएको घुम्टे युवा परिवार जापानका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो ।
जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ ।
यो मसिनले गलकोट क्षेत्रका जनताको स्वास्थ्य परिक्षणमा सहयोग पुग्ने स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीले बताउनुभयो ।
भिडियो एक्स–रे नहुँदा यहाँका धेरै गर्भवतीले सास्ती खेपेका थिए । बर्सातको समयमा जीर्ण र हिलाम्मे सडकको यात्रा गर्दै सदरमुकाम पुग्न बाध्य थिए । “वर्षभरिमा धेरै सुत्केरी गराउने स्वास्थ्य चौकी भएकाले सामान्य परीक्षण गर्न सदरमुकाम धाउने समस्या हटाउन सकियोस् भनेर सहयोग जुटायौँ ।”
–––