रेसुङ्गा टुडे | आइतवार, अशोज ७, २०७५ मा प्रकाशित
धादिङ- उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ बुट्टारमा बूढीगण्डकी र आँखुखोलाको दोभानमा नुहाउन गएका बेला दक्षिणी भारत बङ्लोर निवासी ४० वर्षीय आनन्द मोहन माथिबाट खसेको ढिस्कोले पुरेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । हराइरहेका ती व्यक्तिको खोजी भइरहेकोे जनाइएको छ ।