जुन छोरी कहिल्लै छोरी बन्न रुचाईनन्
बुटवल । हट्टाकट्टा जिउडाल, केश छोट्टाएर चिटिक्क परेको जुल्पी, सर्ट पाईन्ट र कहिले कोट, गोरो अनुहार आँखामा कालो चस्मामा सजिए पछि उनलाई नजिकबाट नचिन्ने युवतीहरु भुतुक्कै हुन्छन ।
उनि संग गत तिजमा टाँस्सीएर तस्वीर खिचाएर फेशबुकमा राखेका केहि युवतीहरु अभिभावकको सोधपुछ र निगरानीमा पर्नु प¥यो । यो केटा संग किन त्यसरी टाँस्सीएर फोटो खिचाएको ? भनेर सोध्न थाले परिवारले । होईन, केटी मान्छे हुन के भनेर भन्दा पत्याएनन ।
हो, झट्ट हेर्दा उनलाई कसैले पनि केटी मान्छे भनेर पत्याउँदैनन । उनको पहिरन देखि स्वभाव र सबै खाले ढवाक पुरुष कै छ । उनि हुन बुटवल नगरीमा सञ्चारकर्मीका रुपमा परिचीत नाम उषा किरण पन्थ । खास त उनको सुपरिचय यहाँबाट सुरु हुन्छ –
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ४, हर्दिनेदामा पिता शेषनारायण पन्थ र माता रक्षादेवि पन्थको कोखबाट २०४२ साल असोज २७ गते जन्मिएकी उषा किरण २०६० साल देखि अहिले सम्म निरन्तर सञ्चार क्षेत्रमा उषा किरण नै बने उज्यालो दिई रहेकी छन ।
हाल बुटवलको रेडियो रिपव्लिकमा स्टेशन म्यानेजर रहेकी उषा किरणको सञ्चार क्षेत्रको यात्रा तत्कालिन दैनिक संघर्ष (हाल साप्ताहिक ) पत्रिकाबाट संघर्ष सुरु भएको हो । २०६० सालमा उनले त्यस पत्रिकाको चितवन प्रतिनीधीको जिम्मेवारी पाई त्यस तर्फ लागेकी थिईन । पछि बुटवल टुडेमा पनि उनि चितवन प्रतिनीधीका रुपमा काम गरिन ।
त्यस क्रममा उनले चितवनकै काया कैरन दैनिकमा पनि ब्यवस्थापनको जिम्मेवारी सम्हालीन । भरतपुरको रेडियो त्रिवेणीमा ५ बर्ष सम्म ब्यवस्थापक भएर बसीन । त्यहीबाट प्रकासित हुने ‘सबैको पत्रिका’ मा प्रवन्ध निर्देशक समेत रहिन । २०७० सालमा उनि चितवनबाट उहि पुरानो कर्मक्षेत्र बुटवल फर्किईन । त्यस यता उनि रेडियो रिपब्लिक मै स्टेशन म्यानेजर रहँदै आएकी छन ।
सांगेतिक क्षेत्रमा पनि उनी चर्चित छन्
उनि सञ्चारकर्मीका रुपमा मात्र होईन साङ्गेतिक क्षेत्रमा पनि चर्चा हुने नाम हो उषा किरण । दर्जनौ आधुनिक गीतकी रचनाकार उषा किरणको पछिल्लो –‘सम्झना त आउँछ तिम्रो’ बोलको आधुनिक गीत यति बेला नेशनल बक्स अफिस म्युजिक एवार्ड उत्कृष्ट ५ को नोमिनेशनमा परेको छ ।
तिम्रो याद एलवमबाट उक्त बोलको गित उत्कृष्ट शव्द रचनाको नोमिनेशनमा परेको हो । तर उनि संग यति बेला राहदानी नभएका कारण उनि त्यो एवार्ड लिन थाईल्याण्ड जान नसकेको बताउँ छिन् । अर्जुन पोखरेल र संगिता पोखरेलको स्वरमा सजिएको उक्त गीत दिन प्रति दिन लोकप्रिय हुँदै गएको छ ।
‘तिमीलाई माया गर्छु’ बोलको गीत उनि आफ्नै स्वरमा गायकी छन भने अन्य दर्जनौ गीत उनले रचना गरेकी छन । बुटवलबाटै प्रकाशित ‘फरक साप्ताहिक’ पत्रिकाको प्रवन्ध निर्देशक समेत रहेकी उषा किरण संगित र सञ्चार क्षेत्र दुबै एकै साथ अगाडी बढाउने लक्ष्य लिएको बताउँ छिन ।
तपाईले जन्मेदेखि अहिलेसम्म साडी लगाउनु भएको छ ? अन्ने प्रश्नमा उनले भनिन–‘अँह लगाएकी छैन । सानोमा बाबा आमाले सर्ट पाईन्ट लगाउन दिनु भयो त्यसैमा बानी बस्यो ।’ उनले भनिन–‘२०५९ साल फागुनमा गुल्मीको श्रृंङ्गामा म गाडी दुर्घनामा परे । मेरो हात भाँचियो । टाउँमा चोट लागेकोले केश काट्नु प¥यो । त्यस अघि सम्म मेरो कपाल केहि लामो थियो ।
त्यस पछि अहिले सम्म मेरो केश कटिङ्ग पुरुषको जस्तै रहेको छ । ढाका टोपी खुव ढल्काउनु हुन्छ नि, निकै मन पर्छ कि क्या हो ? भन्ने प्रश्नमा उनले भनिन–‘ढाका टोपी त कहिले काँही मात्र हो, मलाई बढि मात्रमा क्याप लगाउन मन लाग्छ । सर्ट पाईन्ट मात्रै लगाउन मन लाग्नुको कारण के हो ? भन्ने अर्को प्रश्नमा उनि भन्छिन–‘म पुरुषले भन्दा चुनौती र जोखिम मोल्दै आएकी मान्छे हुँ ।
साडी उछारिलो हुँदैन । लगाउन पनि मन पदैन । जसरी पुरुष ठाँटिएर हिड्छ उ भन्दा म ठाँटिएर हिड्न मन लाग्छ । उनि रेडियोहरुको छाता संगठन वोर्डकाष्ट एशोसियन अफ नेपालकी केन्द्रिय सदस्यको जिम्मेवारीमा समेत छन । उनि पर्वतको रेडियो दिदी वहिनीको वार्षिकोत्सवमा महिला स्टेशन म्यानेजर मध्ये १० उत्कृष्ट स्टेशन म्यानेजरका रुपमा पुर्व प्रधानमन्त्री प्रचण्डको हातबाट सम्मानित समेत भएकी थिईन ।
यता चौतरी विश्व वित्तिय संस्थाले पनि उनलाई पुर्व उर्जा मन्त्री जनादर्न शर्माको हातबाट ४ उत्कृष्ट रेडियो स्टेशन म्यानेजरका रुपमा सम्मानित गरेको थियो । उनि सहित रेडियो लुम्विनीकी स्टेशन म्यानेजर ईन्दिरा अर्याल, बुटवल कै रेडियो मुक्तिकी स्टेशन म्याने्जर कल्पना तिवारी र भैरहवा एफकी स्टेशन म्यानेजर सम्झना शर्मा पनि सम्मानित भएकी थिईन ।
उषा किरण यसपालीको तीजमा साडीमा जमेका दिदी बहिनीहरुको कोखमा लोर्के ठिटो बनेर सेल्फीमा निकै रमाउँदै थिईन । अविवाहित उनलाई विवाह गर्ने बेलामा सांस्कृतिक बाध्यताले साडी लगाउनै पर्ने हो कि ? भन्ने जिज्ञाषामा उनले भनिन–‘पहिलो कुरा त मैले विवाह गर्ने बारे सोचे कै छैन । यदि विवाह गर्नै पर्ने बेला आए साडी लगाउनै पर्छ भन्ने छैन । सर्ट पाईन्ट अझ भनौ वेहुला जस्तै म बेहुली पनि कोट पाईन्ट मै ठाँट्टिए र विवाह गर्दा के फरक पर्ला र ?