टोल टोलमा प्रहरी कार्यक्रम
भुवन भुसाल
गुल्मी – साउन ७ गुल्मी जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलटोलमा प्रहरी कार्यक्रम रुरु ५ बम्घा टाहाटिममा सम्पन्न भएको छ ।
घरेलु हिम्सा नियन्त्रण , घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरणमा रोक एबम नागरिक जागरणका निम्ति यो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी चौकि रिडिका प्रमुख एबम प्रहरी निरीक्षक भिम बहादुर कार्की प्रहरी बर्दी सहितको नागरिक हो भने नागरिक बिना बर्दिको प्रहरी भएकाले आफ्नो नजिकै अवाञ्छित गतिबिधी देखे प्रहरिलाइ तुरुन्त खबर गरि जिम्मेवार नागरिक बन्न आग्रह गर्नु भयो ।
कार्किले प्रहरी तपाइकै सुरक्षाका लागि हो भन्दै प्रहरिलाइ असल साथी सम्झन आग्रह समेत गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी रुरु गाउपालिका वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालिले यस्तो राम्रो कार्यक्रम आफ्नो वडामा ल्याइ सन्चालन गरेकोमा प्रहरिलाइ धन्यबाद दिदै अपराध नियन्त्रणमा वडा कार्यलय प्रहरी सङ्गै रहेको बिश्वास दिलाउनु भयो ।
कार्यक्रममा जनचेतना मुलक नृत्य समेत प्रस्तुत गरिनुका साथै स्थानियको बिचमा घैटो फोर प्रतियोगिता संचालन समेत गरिएको थियो ।
कार्यक्रमको सन्चालन प्रहरी चौकी श्रीङ्गाका प्रमुख प्रहरी सहायक निरीक्षक हरि किसन पुनले गर्नु भएको थियो । कार्यक्रममा टाहाटिम स्वास्थ्य चौकी प्रमुख दिपक ज्ञवाली , टाहाटिम निमाबिका प्रधानाध्यापक निमा पुरी , समाजसेबी चेत नारायण श्रेष्ठ लगायतले बोल्नु भएको प्रहरी चौकी श्रीङ्गाका प्रहरी हवल्दार डिल्ली आचार्यले जानकारी दिनु भयो ।