पप्पु कन्ट्रक्सनका अध्यक्ष रौनियार विरुद्ध किटानी जाहेरी
रौतहट – समयमै पुलको निर्माण गर्ने जिम्मा पाएको पप्पु कन्ट्रक्सनले समय अबधि पुरा हुदा पनि पुल निर्माण सम्पन्न गर्न सकृको छैन सो कारणले रौतहटमा डुंगा दुर्घटना भई पाँच जनाको ज्यान गएको भन्दै निर्माण कम्पनी पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध वारेन्ट जारी भएको छ।
घटना अनुसन्धानका लागी अध्यक्ष सुमित लाइ प्रहरीले पटपटक बोलाए पनि रौनियारले अटेर गरेपछि रौतहट जिल्ला अदालतबाट उनीविरुद्ध वारेन्ट जारी भएको हो।
रौतहट प्रहरी का अनुसार रौनियारविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दियो।
रौतहटमा डुंगा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएपछि किटानी जाहेरी आएकाले रौनियारविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान हुने प्रहरीले जानकारी गरायो ।