कागतीगाउँमा टिप्परको ठक्करबाट एकको मृत्यु
काठमाडौंः सोमबार साँझ काठमाडौ आउँदै गरेको टिप्परको ठक्करबाट स्थानीय शेरबहादुर बलामीको मृत्यु भएपछि ओखरपौवाको कागतीगाउँ अहिले सडक बन्द गरेर प्रर्दसन गरिएको छ ।
स्थानीयले मृतकको नाममा तीन सडक बन्द गराइएको हो ।
टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले टिपर तोडफोड गरेका छन् भने स्थिती सामान्य पार्न प्रहरीले हवाइफायर गरेको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
टिपरधनीले मृतकका परिवारलाई २१ लाख दिने सहमति पछि स्थिती सामान्य बन्दै गएपनि मृतकको नाममा तीन दिनसम्म शोकसभा मनाउने भन्दै स्थानीयले सडक बन्द गरेका छन् ।