बीमा कम्पनीहरुको २१ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

काठमाडौं –   विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलन काठमाडौँको होटल सोल्टीमा सुरु भएको छ। बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन एआईआरडीसी ले नेपालमा गर्न लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ।

एआईआरडीसीमा नेपालसहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन्। एआईआरडीसीले प्रत्येक २ वर्षमा सम्मेलन गर्दै आएको छ।

सम्मेलनमा बीमाको नियामक निकायका व्यक्तिहरु, बीमा विज्ञ, बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन्। सम्मेलनमा
विदेशी मुलुकबाट करिब २ सय तथा स्वदेशी तीन सय गरी पाँच सय बढीको प्रतिनिधिहरको सहभागिता रहेको आयोकजले जानकारी गराएको छ।
सम्मेलनमार्फत् पुनर्बीमा कम्पनीले आफ्नो व्यावसायिक दायरा बढाउन सक्नेछन्। सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् तथा जोखिम व्यवस्थापनसम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ।

सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि–इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाईजेसन, माईक्रो इन्स्योरेन्स लगायतका विषयमा छलफलछ तथा आफ्ना दृष्टिकोणहरु प्रस्तुत हुने छन्।