किर्ते मुदामा आन्तरिक लेखा परिक्षक पक्राउ
संखुवासभा – संखुवासभाको धर्मदवी नगरपालिका कार्यालयमा कार्यरत आन्तरिक लेखा परिक्षक दावा भोटे र एक अर्का व्यति पक्राउ परेका छन् । भोटेसंगै षडानन्द नगरपालिका १३ स्थाई घर भई हाल चैनपुर ११ बस्दै आएका सौरोज तामाङलाई पनि प्रहरीले प्रकाउ गरेको हो । दुवैजनालाई सरकारी छाप दस्तखत किर्ते मुदामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार सभाखोला प्रहरी चौकिले सभाखोला चेकपोष्टमा चेकजाचको क्रममा तामाङको साथमा शंकास्पद रसिदका ठेली, कागजातहरु र रसिद काटेको रकम सहित फेला पारि पक्राउ गरेको हो । प्रहरीको भनाइ अनुसार उनीहरुले जिल्ला समन्वय समितीको नक्कली छाप र विल प्रयोग गरेको बताइएको छ ।
उनीहरुले जिल्ला समन्वय समितीको निकासी वापत करको रकम असु’लेको प्रमाण भेटिएको जिल्ला प्रहरी कार्यालयले संखुवासभा प्रहरी जानकारी गरायो । सौरोजलाई भोटेले काममा लगाएको खुलासा भएको जिल्ला प्रहरीले जनाएको छ । उनिहरु दुवै जनालाई म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । भोटे तत्कालीन जिल्ला विकास समितीका कर्मचारी समेत हुन ।