आज राती प्रचण्ड सिंगापुर जाने

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि बुधबार सिंगापुर जादैछन् ।

पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जाने तय भएको छ ।

प्रचण्ड यस अघि असार ४ गते पत्नी दाहालको उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड झण्डै १५ दिन सिंगापुर बसेका थिए ।

सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो।
अहिले पनि सोही अस्पतालमा फलोअपका लागि जान लागेका हुन् ।

उपचारका लागि अध्यक्ष प्रचण्डका साथमा छोरी गंगा दाहाल र भतिज समिर दाहाल रहने छन् ।

नेपालमा उपचार सम्भव नभएपछि सीतालाइ भारतमा लगिएको थियो ।

भारतमा उपचार गरेर फर्किएपछि पनि रोग निको नभएपछि उनलाइ थप उपचारका लागि सिंगापुर लगिएको हो