बडामहारानीलाई हृदयघात
ब्रसेल्स-बेल्जियमका राजा फिलिपकी आमा ८१ वर्षीया बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।
गम्भीर विरामी पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्थिति बारे जानकारी दिने तयारी गरेको बताइएको छ ।
इटाली मूलकी पाउला राजा अल्बर्ट द्वितीयको २० वर्षे शासनकालमा बेल्जियमकी महारानी हुनुहुन्थ्यो । राजा अल्बर्ट सन् १९९३ देखि २०१३ सम्म बेल्जियमका राजा थिए ।