डाइभर्सिटी भिसा (डीभी) आवेदन खुल्दैः यस्ता छन् नियम
काठमाडौं- सन् २०२० का लागि डाइभर्सिटी भिसा (डीभी) आवेदन असोज १७ गतेदेखि खुल्ने भएको छ । अमेरिकी दूतावासले बुधवार जारी गरेको विज्ञप्ति अनुसार असोज १७ गते ९अक्टोबर ३० राति ९ः४५ बजेदेखि आवेदन खुला हुनेछ भने कात्तिक २० गते (नोभेम्बर ६) राति १०ः४५ बजे आवेदन बन्द हुनेछ ।
डीभी आवेदन निःशुल्क रुपमा भर्न सकिने दूतावासले जानकारी गराएको छ । असोज १७ गतेपछि दूतावासले उपलब्ध गराएको वेबसाइट www.dvlottery.state.gov मा गएर इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन फारम भर्नुपर्नेछ ।
सन् २०२० को डीभी कार्यक्रममा एउटा नीतिगत परिवर्तन गरिएको दूतावासले जानकारी गराएको छ । डीभी आवेदन दर्ता गर्दा पतिरपत्नि र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण सूचिकृत गर्नु अनिवार्य गरिएको छ । नयाँ परिवर्तित नीतिअनुसार आवेदकले अयोग्य पति/पत्नि वा सन्तानको विवरण समावेश गरी आवेदन पेश गरेको पाइएमा उक्त आवेदन स्वतः अयोग्य ठहरिने छ । साथै एक व्यक्तिले एक पटक मात्रै आवेदन दार्ता गर्नुपर्नेछ ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेशन नम्बर सुरक्षित राख्नुपर्नेछ । सोही नम्बरका आधारमा डीभीका लागि छनोट भए÷नभएको हेर्न सकिनेछ । डीभीका लागि छनोट भएर नभएको नतिजा २०७६ बैशाख २४ गते (मे ७, २०१९) पछि हेर्न सकिने दूतावासले जानकारी गराएको छ ।