प्रथम वर्ष भएकोले त्यसको परिणाम निस्कन बाँकि छः मधुकृष्ण पन्त
लामो समय नेकपा एमाले हालको नेपाल कम्युनिष्ट पार्टी नेकपामा आवद्ध भएर गुल्मीको राजनीतिमा अहोरात्र खटिने व्यक्ति हुन् मधुकृष्ण पन्त । एमाले गुल्मीको अध्यक्ष, गाउँपालिका राष्ट्रीय महासंघ ५ नम्बर प्रदेशका संयोजक तथा छत्रकोट गाउँपालिकाका अध्यक्ष पन्तसँग रेसुङ्गा टूडेका लागी शुसिलचन्द्र ज्ञवालीले लिएको अन्तरर्वाता ।
देशको पछिल्लो राजनीतिलाई अवस्थालाई कसरी विश्लेषण गरिरहनु भएको छ ?
लामो समय सम्म नेपालको राजनीतिक अवस्था अधिकार प्राप्तीको लडाइँमा रह्यो त्यस अधिकार प्राप्तीको लडाँइमा हाम्रा अग्रजहरु र थुप्रै शहिदहरुले साहादत प्राप्त पनि गरे । हामी र हाम्रो पुस्ता समेत यही अधिकार प्राप्तीको लागी लड्यो । लामो समयको संघर्ष पश्चातको परिणाम स्वरुप आज मूलुक संघीय लोकतान्त्रीक गणतन्त्रको शासन व्यवस्था, शासन पद्धती अनुसार चलिरहेको छ । हामी सवैले एउटा अधिकार सम्पन्न नेपाली जनता सारभौम भएको संविधान प्राप्त गरेका छौं।
आजको राजनीतिक परिस्थितिको सन्दर्भमा सुखी नेपाली समृद्ध नेपाल बनाउने हिसावले अगाडि वढेका छौं । अधिकार प्राप्तीको लडाइँ अव धेरै हद सम्म सकिएको छ । केही गुनासा र त्यसलाई संवोधन गर्नुपर्ने छ त्यसलाई म तत्कालको आवश्यक ठान्दीन । अव नेपाली जनतालाई एक्काइसौ शताव्दीको युगअनुसार अगाडि वढाउनुपर्ने आवश्यकता छ । नेपाल एउटा विविधता र प्राकृतिक सुन्दरताको हिसावले राम्रो देश हो । जसलाई हामीले व्यवस्थित र विधिसंगत ढंगले अगाडी बढाउन सक्यो भने छिट्टै नेपाली जनतालाई सुखी र सम्बृद्धि बनाउन सकिन्छ । यो दिशामा मुलुक अगाडी बढेको मैले महसुस गरेको छु ।
देश संघियतामा गइसकेको र कार्यान्वयन पनि भइसकेको अवस्था छ अव देशलाई समुन्नत बनाउन के आवश्यक ?
देशलाई समुन्त बनाउने एउटा पद्धतीका साथ हामी अगाडी बढ्नु पर्ने हुन्छ । म गाउँपालिका महासंघ ५ नम्वर प्रदेशको संयोजकको हिसावले समेत केन्द्रीय कमटीको सवै बैठकमा पनि यो विषयमा कुरा उठ्यो । अहिले स्थानीय सरकार भइरहेको सन्दर्भमा विकास गर्न त्यो विचार आएको हो । तर आम रुपमा जुन ढंगले हल्ला गरीएको छ । देशको स्रोत साधन र प्रविधिलार्इ अधिकतम प्रयोग गरेर विदेशी प्रविधिलाई समेत नेपालको सार्वभौममा कुनै पनि खलबल नआउने हामी अगाडी बढ्नु पर्ने हुन्छ । सरकार, सरकारकमा बस्ने नेतृत्व, संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकार सवै लाग्नुपर्ने हुन्छ । देशमा स्थानीय सरकार ७५३ वटा, प्रदेश सरकार ७ र संघीय सरकार गरी देशमा ७६१ ओटा सरकार आफ्ना तहमा क्रियाशिल छन् । यसैले मुलुकलाई डोर्याउन र नेपाली जनतालाई समृद्धि बनाउनका लागी अव विधि, गन्तव्य र योजनका साथ अगाडी बढ्न सकिन्छ भन्ने मेरो ठम्याइ छ ।
म इडोनेसिया पुगेर हिजो मात्र फर्केको छु त्यहाँको विकास किन अगाडी बढ्यो अरु पनि संसारका देश व्यवस्थित रुपमा अगाडी बढे । मलाई के लाग्छ भने संस्थागत हिसावले अगाडी बढे विकास सम्भव छ । मलार्इ विश्वास छ छोटै समयमा समाज अनुरुप मुलुक बदलिन्छ त्यसलाइ म जोड दिएर दोहोरायर भन्न चाहान्छु संस्थागत हिसावले हामी अगाडी बढ्ने, विधिसम्मत ढंगले अगाडी बढ्ने र पालना गर्ने हो भने हामीसंग सवै चिज छ । छिट्टै हामी विकसित मुलुको दाँजोमा पुग्न सक्छौ ।
संघियता देशले थेग्न सक्दैन भन्ने आवज पनि उठ्न थालेका छन् यसमा तपाईको धारणा ?
यसमा आज मात्र होइन विगतमा पनि कुरा उठेकै थियो । अव मुलुक संघियतामा गइसक्यो किनकि यो संघियता यत्तीकै लहडमा कसैले चिट्ठा परेर ल्याएको विषय होइन यो त लामो समय सम्म नेपाली जनताको अपेक्षा, आन्दोलन, अधिकारका लागि केन्द्रिकृत साशन प्रणाली अनुरुप विकास नभएपछि जनताले खोजेको विषय हो । यसैले अधिकार तल हुन पर्छ भन्ने हिसाबले नेपाली जनताको माग र संविधान अनुसार आएको संघीय व्यवस्था हो त्यसैले थेग्न सक्दैन जस्तो लाग्दैन । तर यदाकदा संघीयता नै असफल बनाउने तत्वहरु पनि सक्रिय भएका छन् । यसलाई असफल हुन दिनु हुँदैन किनिकि हामी सधैभरी अधिकार प्राप्तीका लागी आन्दोलनमा लाग्यौं । त्यसैले केही भएन भन्ने कोणबाट मात्र नहेरौ । आम जनताको समृद्धिका लागी तपार्इ हाम्रो सुखका लागी, सभ्य जिवन जिउनका लागी, हामीले काम गर्नु पर्दछ । त्यसैले संघियताले धान्न सक्दैन भनेर जुन कुरा उचालिएको छ । त्यसमा म सहमत छैन ।
ओली सरकारले जुन रुपमा जनतालाई आश्वासन र सपना बाढेका थिए, त्यो अनुसार काम अगाडी बढ्न सकेन भन्ने गुनासो बढ्दै गएको छ के वास्तवमा नै ओली सरकार काम प्रति सफल हुन नसकेकै हो त ?
त्यस्तो होइन किनभने हामीले धेरै सपना बाढ्यौ होला तर सवै राजनीतिक दलहरुले सपना बाँडे । हामीले सपना बाडेका नेपाली जनताले मात्र अपेक्षा गरेका होइनन् किनकि नेपाली जनता आजको एक्काइसौ शताव्दीमा जनता शिक्षा दिक्षा, सुचना तथा प्रविधिले हिजो भन्दा आज सचेत हुदै जानु स्वाभाविक हो । म भन्दा मेरो पछाडीको पुस्ता सचेत हुन्छ तपाइको पुस्ता हामी भन्दा अझ बढी सचेत हुन जरुरी छ । किनकि अहिलेको आवश्यकताले पनि यहि माग गरेको देखिन्छ । त्यसैले गर्दा एकै बर्षमा सवै कुराको समधान हुदैन । एकै वर्ष पुगेको छैन सरकार सञ्चालन भएको छोटो समयमा सवै कुरा पुरा हुन सक्दैन । एउटा योजनावद्ध तरिकाले सरकार अगाडी बढ्दै छ । सपना त देख्नु पर्छ सपना देखेर मात्रै मान्छे त्यो ठाउँमा पुग्छ । सपना भनेको स्वाभाविक खालको देख्ने हो । सपनै नदेख्ने नेतृत्व र सपना नदेख्ने सरकार अगाडी बढ्न सक्दैन ।
म छत्रकोट गाउँपालिको अध्यक्ष भइसकेपछि म लागायत मेरो टिमले छत्रकोट गाउँपालिकालाई कसरी उन्नती गर्ने भन्ने त सपना देख्नै पर्छ । सपना अलिकति आधारसँग जोडिएको हुनुपर्छ । तर सपनै देखिन भने छत्रकोटलार्इ पनि विकास गर्न सकिदैन । यसरी सपना देख्ने कुरालाइ अश्वभावीक ठान्ने, ओली सरकारले कामै गरेन भन्ने ठान्ने विचार नराख्न र यो कुरामा वेशी नरमाउन सल्लाह दिन्छु ।
पछिल्लो समय बलात्कार, हत्या हिंसा बढ्दै गएका छन । महंगीले सिमा नाघेको छ, स्थानिय तहले मनपरी कर लिइरहेका छन यसले सरकारलाई असफल बनाउने तिर लैजादैन र ?
स्थानीय सरकारले कर बढी लिइएको भन्ने होइन । यो त प्रोपागन्डा चलाइएको हो । एक दुई ठाउमा कही कही कुनै गाउँमा कुनै नगरहरुमा त्यस्ता भइरहेका रहेछन । गाउँपालिका राष्ट्रिय माहासंघले समेत ति भएका ठाउमा तुरुन्त सच्याउन सुझायौ । केही दिन अगाडी ५ नम्वर प्रदेश गाउँपालिका राष्ट्रिय महासंघको बैठकमा छलफल गरिरहदा आखिर समस्या कहाँ छ त कहाँका जनता कर उठायौ भनेर आन्दोलित छन् त यस्तो देखिदैन । एक दुई ठाउँमा अपवाद भएको यसलार्इ हल्ला गरिएको छ । के कारणले अघि भनिएको संघियताले थेग्न सक्दैन भन्ने कारणले दोस्रो सरकारबाट बाहीर रहेका केही मान्छे र बुद्धिजिविहरुले आफु अनुकुल नभएकाले मात्र हल्ला चलाएका हुन । अव रह्यो सवाल, थोरै कर तिरेका र कर नतिरेका मान्छेहरुको विचारबाट पनि यो मनोबृती आएको हुन सक्दछ । म सबैलाई दोषी ठान्दिन।
जहा राज्य हुन्छ त्यहा कर हुन्छ तर यसको अर्थ यो नागरीकहरुको चित्त नबुझाइकन लिने होइन । अहिले कर धेरै लिने भन्दा पनि करको दायरा फराकिलो पारिएको हो । बरु स्थानीयले खोज्न पर्ने, सोध्न पर्ने लिएको कर कहाँ प्रयोग भएको छ जनताको हितमा भएको छ या छैन । यसमा स्थानीय जनताले जान्न र बुझन्न जरुरी छ । हत्या, हिंसा, बलात्कारका कुरा जो गर्नुभयो यसले सरकार कमजोर बन्छ भन्ने होइन । पछिल्लो समयमा देखिएका यस्ता बिकृतिमूलक कुराहरुलाई नियन्त्रण गर्न राज्यलागि परेको छ र प्रधानमन्त्रीले समेत निर्देशन दिइसक्नु भएको छ । प्रविधिको सहि सदुपयोग गर्न नसक्नु र चेतनाले स्तरमाथी वढ्न नसक्नुले यस्ता समस्या आएको जस्तो लाग्छ यसलाई नियन्त्रण गर्न चेतना र शिक्षाको आवश्यकता छ ।
तपाई गाउँपालिकाको अध्यक्ष हिसावले आफ्नो गाउँपालिकाको विकासका लागि कस्ता नीति/रणनीति बनाउनु भएको छ ?
- छत्रकोट गाउँपालिका गुल्मी जिल्ला ५ नम्वर प्रदेशको सन्दर्भमा कुरा गर्दा हामी निर्वाचित भइसकेपछि हामीले जनताको बीचमा जानको लागी हिजोका दिनमा निर्वाचनका समयमा जे हामीले कवुल गरेका थियौ घर/घरमा खानेपानि, सडक व्यवस्थित गर्न, अहिले भइरहेको शिक्षाको स्तर लाई वृद्धी गर्न, वातावरण व्यवस्थापन र सरसफार्इमा, त्यहा भएका सहकारीलार्इ उपयुक्त व्यवस्थापन, पानिका मुहान संरक्षण गर्न र आकाशे पानिलाई संकलन गर्न पलाष्टीक पोखरी निर्माण गरेका छौं र हामीले नै स्रोत र साधनलार्इ विभाजन गरी उपयुक्त निति बनायौ ।
- सर्वप्रथम कृषीलार्इ परम्परागत रुपबाट नभइ व्यवसायीक रुपमा रुपान्तरण गर्नुपर्छ भन्ने नीतिका साथ हामी प्रस्तुत भयौ । हामीले कृषकलाई व्यवसायीक कृषक बन्नु पर्छ भनेर तालिम प्रदान गर्यो । अहिलेको परम्परागत कृषी प्रणालीलार्इ मात्र आजको आवश्यकता पुरा हुन सक्दैन त्यसैले व्यवसायीक कृषक हुनका लागी आवेदन माग्यौ त्यसलाई सहयोग गर्नका लागी ६० भन्दा बढी हाते ट्याक्टर बाड्यौ, व्यवसायीक केही किसानलार्इ अनुदान दियौ, मौरीघारहरु व्यवस्था गर्यौ, पलास्टीक टनेल वितरण गर्यौ ।
- दोस्रो स्वास्थ्य नीति अन्तरर्गत जो गरिव, असाय र आर्थिक विपन्नका कारण अस्पताल जान सक्दैनन उक्त असायहरुका लागी असाहाय साहयता उपचार कोष बनाएर स्थानिय सरकारको पैसा व्यक्तिको पैसा जम्मा गरेर दिने व्यवस्था गर्यौ ।
- सायद नेपालमा पहिलोपटक छत्रकोट गाउँपालिकामा ४० वर्ष भन्दा माथीका करिव ४२०० नागरिकहरुको निशुल्क होलवोडी स्वास्थ्य चेकअप गर्यौ ।
- तेस्रो शिक्षा नीति अन्तरर्गत शिक्षाका क्षेत्रमा अहिले हामीसंग भएका जति पनि सामुदायिक र संस्थागत विद्यालयहरुको पढाइको स्तरलार्इ प्रविधिसंग जोडेर हामी जान चाहेका छौ । शिक्षामा तिव्र सुधारका लागी ५१ वुँँदाको सम्झौता गर्यौ र प्रत्येक स्कुलका प्रअ संग कमिटमेन्ट गर्यौ ।
- स्थानीय ऐन, कानुन बनाउने, विधिमा चल्नु पर्ने संविधानले दिएको अधिकार प्रयोग गरेर अगाडी बढ्नु पर्ने समय छ । हामीलार्इ एकल अधिकारको हकमा के गर्ने भन्ने कुराहरु प्रदेश र संघसंग जोडीएर छलफल गर्दे अगाडी बढेका छौ ।
स्थानिय निर्वाचन हुनुभन्दा अगाडी र स्थानिय निर्वाचन भइसकेपछि के सुधार भए ?
पहिलो कुरा हामी अल्ली वेशी संस्थागत हिसावले अगाडी बढ्न चाहान्छौ म अघि पनि चर्चा गरे । किनकि संस्थागत विकास नभए सम्म कसलार्इ के लाग्यो भन्ने आधारमा गरेको विकासले समाज अगाडी बढ्न सक्दैन विगतको द्धन्द, परम्परा र अनुभवले हामीलाइ यही सिकाएको छ । संस्थागत हुने नाममा संस्थागत मात्र बन्ने जनताका अपेक्षा नसुन्ने, जनताका कुरा नसुन्ने होइन । हामी संग कामका तिन ओटा पाटा छन् जसमा-
- हामी अहिले भएका अफिसहरुको व्यवस्थापन गर्न, भवनहरु बनाउन पर्न, भवन सार्नु पर्ने किनकी गाउँपालिका अहिलेसम्म भाडामा बसेको छ र अन्य गाउँपालिकार्लाइ आवश्यक पर्ने भौतिक संरचनाको निर्माण गर्ने ।
- कर्मचारीको संरचना बनाउने, ऐन, कानुन बनाउने । पहिलो संघियता लागु भएको संस्थापका मान्छे र जनप्रतिनिधि भयौ र त्यससंग जोडिएका कर्मचारी पनि त्यसका संस्थापक भए । अहिले भनेको हामीसंग अवसर पनि छ चुनौती पनि छ ।
- तेस्रो पाटोको काम भनेको अघिल्लो दुईओटा पाटोको व्यवस्थापन गर्ने हो अघिल्ला पाटा भनेका साधन हुन तिनलाई व्यवस्थापन गरेर जनतालार्इ सुखी, समृद्धि र छत्रकोट गाउँपालिकाको सम्पन्नताको लागी, अन्यायमा परेका मान्छेको न्याय पाउनका लागी, गरीवका लागी आबश, पानि, बिजुलि लगायतका समस्याहरु समधान गर्नका लागी ।
स्थानिय तहका कर्मचारी र जनप्रतिनिधीबीच तालमेल मिलेको छ त ?
एकदम मिलेको छ । केही समस्या छैन एकै परिवारको साथ जस्तो तरिकाले अगाडी बढेका छौं । छत्रकोट गाउँपालिकामा गएर सोध्नु भयो भने वडा सदस्य देखि लिएर वडाअध्क्षय, कार्यपालिका सदस्य देखि कर्मचारी सम्म एक मत र एक मनका साथ हामीहरु अगाडी बढेका छौंं।
स्थानिय तह संस्थागत भएको एक वर्ष भयो छत्रकोट गाउँपालिकामा करको गुनासो छ कि छैन ?
करको गुनासो छैन भन्ने म ठान्छु छैन किनकि हामिले त्यो ढंगले कर लिएका छैनौ । सामान्य हिसावले जनता करको दायरामा आउँदैछन । खासगरी व्यवसायीक करका कुरा हुन, हिजो तिरोको हिसाबले तिरेका करका कुरा हुन् । करकै कुरा गर्दा गएको वर्ष साढे विस लाख प्रस्तावित गरेका थियौ त्यो स्वेच्छाले आएको छ । यस पटक केही बढाएका छौ, धेरै बढाएका छैनौ त्यो प्रस्तावीत अंक हो, साढे अठ्ठाइस लाख हो पहाडी जिल्लाको कारणले । करको गुनासो छैन ।
स्थानिय तहमा जनता सन्तुष्टी छन् ?
मैले ठानेको छु सन्तुष्टी छन् र हुनुर्पछ । प्रथम वर्ष भएकोले त्यसको परिणम निस्कन बाँकि छ त्यसको परिणाम निस्कन समय लाग्छ । कामको परिणम निस्केपछि जनता स्वत सन्तुष्ट हुन्छन भन्ने विश्वास छ ।
अन्यमा के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम म स्वदेश तथा विदेशमा हुने सम्पृ्र्ण नेपालीहरुप्रति आउदै गरेको विजया दशमी, शुभ दिपावली र छठ पर्वको हाद्र्धिक मंगलमय शुभकामना व्यक्त गर्दछु । मौलिक सांस्कृतिक रुपमा मनाउदै आएका चाडपर्वले नेपाली जनताहरुलार्इ एकताको शुत्रमा एकताबद्द गर्न समेत सहयोग गर्नेछ ।
रेसुङ्गा भनेको गुल्मीको ऐतिहासिक धरोहरको ठाउँ पनि हो र रमणीय ठाउँको नाम बाट गुल्मीसंगै जोडिएका साथिभाईहरुले चलाउनुभएको छ । समस्त रेसुङ्गा मिडिया प्रालिका परिवारलाइ धन्यवाद दिन्छु । मिडियाका मार्फत नयाँ नयाँ तथ्य खोज्ने, सृ्चना सम्प्रेषण गर्न हामीले गरेका कामलार्इ खबरदारी गर्ने जे प्रयोजनका लागी खोल्नु भएको छ सत्य, तथ्यको आधारमा जनतालाई शुसुचित गर्नुहोला ।