आज धनगढी बन्दको आह्वान
धनगढी यतिबेला प्रदेश नम्बर ७ मा राजधानीको विषयलाइ लिएर ठुलो बहस भइरहेको बिचमा प्रदेश नम्बर ७ ले आफ्ने स्थाई राजधानी कैलालीको गोदावरी नगरपालिका–४ मा प्रस्ताव गरेको थियो तर यो प्रस्ताव धनगढीबासीका लागी अमान्य भयो र उनिहरु यो प्रस्तावको विरोधमा आमहडतालमा उत्रेका छन् ।
धनगढी बासीले बिहीबार आम हडताल आह्वान गरेका हुन् । नेपालीहरुको महानचाड विजाया दशमी नजिकै आएको समयमा गरिएको आम हडतालले सर्वसाधारणहरु भने कष्टमा परेका छन् । बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प हुदा समस्त जनतालाइ असर परेको छ ।
सरकारले कैलाली सदरमुकाम धनगढीलाई प्रदेश सातको अस्थायी राजधानी तोकेको छ ।
प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन समिति गठन गरेको थियो । सो समितिले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिका वडानम्बर ४ तेघरीमा राख्न सुझाव दिएको छ ।
सो सुझावबारे प्रदेशसभामा छलफल जारी छ । प्रदेशसभाले निर्णय लिनुभन्दा अघि धनगढीबासी आन्दोलनमा उत्रिएका छन् ।उनीहरुले बुधबार प्रदेश सभा अगाडि टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।
प्रदर्शनमा धनगढी नगरपालिकाका मेयर एवम् कांग्रेस नेता नृप वड पनि सहभागी थिए । धनगढी नगरबासीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ‘वन माफिया र भूमाफियाको प्रभावमा परी दुई तिहाइको दम्भबाट ग्रसित’ सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता लिन प्रदेशसभालाई आग्रह गरिएको छ ।कुनै पनि पूर्वाधार नभएको गोदावरीमा स्थायी राजधानी राख्नुभन्दा हालकै अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी बनाउनुपर्ने धनगढीबासीको माग छ ।