नेता नेपालको चर्को असन्तुष्टी

काठमाडौं – सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर भएको बेला बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको स्थाीय कमिटिका नेताहरुको भेला  बोलाएका छन् ।

नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा आफुअनुकुल का कार्यकर्ता चयन नभएको विषयमा असहमति जनाउँदै स्थायी कमिटी नेताहरुको भेला  डाकेका हुन् ।

शुक्रबार बानेश्वरमा स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । आफूसँग भएको सहमति विपरीत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकबाट एकलौटी निर्णय गरेको भन्दै नेपालले सो निर्णय कार्यान्वयन गर्न नहुने अडान राखेका छन् ।