प्रदेश नं १ गाउँपालिका महासङ्घको प्रथम अधिवेशन उद्घाटन
इटहरी- प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले गाउँपालिका महासङ्घ नेपालको आज आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सङ्घीयता सफल तुल्याउने जिम्मेवारीलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री राईले स्थानीय तहमा निर्वाचित पदाधिकारीको काँधमा सङ्घीयताको सफल कार्यान्वयन गर्दै जनतालाई समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री राईले सङ्घीय, प्रादेशिक सरकारदेखि स्थानीय तहसम्म धेरै ऐन कानूनी एवं विधि विधान बनाउन बाँकी रहेको विषय तर्फ सचेत गराउनुहुँदै मौजुदा उपलब्धिलाई अधिकतम सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नभयो ।
प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले जननिर्वाचित प्रतिनिधिबाट हुने लापर्वाही वा कमजोरी गम्भीर हुने भएकाले सकेसम्म त्रुटी नहोस् भनेर जनताकै माझमा बसेर काम गर्ने बानीको विकास गर्न समेत गाउँपालिका महासङ्घका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
अधिवेशनमा प्रदेश नं १ अन्र्तगत १४ जिल्लाका ८८ स्थानीय तहका निर्वाचित प्रमुख तथा उप प्रमुखको सहभागिता छ । अवेशनले गाउँपालिका महासङ्घ प्रदेश नं १ को नयाँ कार्यसमितिको चयन गर्ने बताइएको छ ।
गाउँपािलका महासङ्घ नेपाल प्रदेश नं १ का संयोजक तारानाथ काफ्लेको अध्यक्षतामा भएको अधिवेशन समारोहमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, नेकपाका प्रदेश इञ्चार्ज देवराज धिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी पेमप्रकाश उप्रेतीलगायतले बोल्नुभएको थियो ।