निर्मला हत्याः एसपी विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आयो, मेल खाएन

काठमाडौं- निर्मला पन्तको बलात्कार हत्यामा संलग्नको आंशका गरिएका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ तर, तीनै जनाको रिपोर्ट मेल खाएको छैन ।

स्थानीयको आशंका र आरोपका आधारमा एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएको थियो ।

उनीहरु नै घटनामा संलग्न भएको आशंकामा डिएनए टेष्ट गरिएको थियो ।

एसपी विष्टले अनुसन्धानमा भने लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ ।

छानविन समितिकै सिफारिसका आधारमा एसपी विष्टलाई निलम्बन गरिएको थियो ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो ।