आन्तरिक लोकतन्त्र बलियो नहुँदा पार्टी कमजोर-नेता केसी

पोखरा- नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताउनुभयो ।

नेता केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताउनुभएको छ ।

नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने गरेको उल्लेख गर्दै उहाँले आग्रह पूर्वाग्रहलाई त्याग्दै पार्टीलाई एकाकार बनाउन लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्मा, राष्ट्रियसभा सदस्य वृन्दा राना, सोभियतबहादुर अधिकारी लगायतले पार्टीको आन्तरिक एकता कायम गर्नु वर्तमानको आवश्यकता भएकोमा जोड दिनुभएको थियो ।