२५ वर्षीय युबकले फेसबुकमा लाईभ गर्दै आत्महत्या
चितवन – कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन्। तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने स्टाटस फेसबुकमा राखेका थिए।
कति जनाले आत्महत्याको लाईभ हेर्न चाहनुहुन्छु, भन्दै निश्चलले फेसबुक स्टाटस शेयर गरेका थिए। कक्षा १२ मा अध्ययन गर्दा गर्दै उनी लागुपदार्थको लतको सीकार भइसकेका थिए र लागुपदार्थको लत छुटाउन उनी रिहाब सेन्टरबाट पुगेको एक महिनामै रिहाब सेन्टरबाट फर्किएका थिए ।
आत्महत्या गर्नुअघि उनले सुसाइड नोट लेखेको पाइएको ईलाका प्रहरी कार्यालय टाँडी प्रहरीले जानकारी गरायो। ‘अगाडी पछाडी पुरै दुई पेज लेखिएको सुईसाईड नोट भेटिएको प्रहरी ले जानकारी गरायो ।
तामाङले सुसाइड नोटमा लेखेका छन् ‘मैले जति सुध्रिन खोजे पनि लागुपदार्थको लतका कारणले सुध्रिन सकिन, म राम्रो मान्छे बन्न सकिन। यो जुनीलाई यस्तै भो अर्को जुनी यहि आमाको कोखबाट जन्मिन्छु।
राम्रो मान्छे भएर जन्मिन्छु।’ नोटमा आत्महत्या गर्नुको कारण आफै भएको र यसको जिम्मा समेत आफै लिने भनेर लेखिएको प्रहरीले जानकारी गरायो। फेसबुकमा लाईभ गरिएको भिडियोमा फोर्थ क्वाटर रक्सी खाँदैछु भनेर उनले भनेका छन्। आत्महत्या गर्नुअघि एक मिनेट २४ सेकेन्डको उनले लाईभ भिडियो समेत प्रस्तुत गरेका थिए।
जसमा ‘मैले रक्सी खाँए, यो मेरो आमाको सल हो, यसलाई यसरी लगाउँछु र झुण्डिन्छु’ भनेर भनिएको छ। निश्चल सलको पासोमा झुण्डिरहेको देखेपछि बाबु जीवनले प्रहरीलाई खबर गरेका थिए।
राती १२ बजेको सेरोफेरोमा सुसाइड गरेको हुनसक्ने अनुमान ज्ञवालीको छ। प्रहरीलाई दुई बजे खबर आएको थियो। प्रहरी पुग्दा पासो काटिसकेको र मृत्यु भईसको उनले बताए। निश्चलले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए।