बिहानैबाट कञ्चनपुर बन्द
कञ्चनपुर- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निर्मला पन्तको बलात्कारपछि भएको हत्याका घट्नामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार बिहानैबाट कञ्चनपुर बन्द गरेको छ ।
निर्मलाको बलात्कार पछि हत्या भएको ६८ औं दिन पुगीसक्दापनि बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेविसंघले मंगलबार जिल्ला बन्द गराएको हो ।
नेविसंघको बन्दका कारण सदरमुकाम महेन्द्रनगर बजार पूर्णरुपमा बन्द भएको छ भने महेन्द्रनगरबाट बाहिरिने र भित्रिने साना–ठूला सवारी साधनहरु पूर्ण रुपमा ठप्प भएका छन् ।
नेविसंघको आह्वानमा सदरमुकाम र सदरमुकाम आसपासका शिक्षण संस्था पनि बन्द छन् । यस्तै पूर्वपश्चिम राजमार्गको छेउछाउ उत्तर–दक्षिणमा रहेका शिक्षण संस्थाहरुमा पनि पठक–पाठन हुन सकेको छैन् ।