सेयर बजारमा सामान्य वृद्धि

 काठमाडौं – लगातार २ दिन गिरावट आएको सेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको छ । मंगलबार सेयर बजार २।६९ अंक बढेर नेप्से परिसुचक १ हजार २४१ अंकमा पुगेको छ ।

आइतबार र सोमबार दुई दिन बजार २८ अंकले घटेको थियो । मंगलबार बजार लयमा फर्किएको छ । बैंक व्यापार र निर्जीवन बीमाको मूल्यमा समान्य बढेको छ भने अन्य समूहको घटेको छ ।

बजार सामान्य बढ्दा ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी कारोबार भएको छ । ग्लोबल आईएमईको प्रतिकित्ता ३१६ मा ३ करोड ६५ लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रोमा सानिमामाई हाइड्रोपावर लिमिटेडको भएको छ । सानिमाको २ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ  ।

सानिमाले लाभांश घोषणा गरेपछि लगानीकर्ता आर्कर्षित भएका हुन् । मंगलबार ४५ करोड १९ लाख रुपैयाँ बराबरसेयर किनबेच भएको छ ।