राष्ट्रिय पत्रिका जलाइयो

कैलाली- वन विनाश गरेर गोदावरी जंगलमा राजधानी बनाउन लागेको समाचार नागरिक लगायतका राष्ट्रिय दैनिक पत्रिकाले समाचार लेखेको भन्दै भूमाफिया र काठ तस्करको समूहले कैलालीको अत्तरियामा राष्ट्रिय दैनिक पत्रिकाहरू जलाएका छन्।

बुधबार बिहान ६ बजे पाँच–सात जनाको समूहले नागरिक दैनिक लगायका अन्य पत्रिका छोड्ने अत्तरियाको निलम पुस्तक पसल अगाडिबाट थुतेर सडकमा जलाएको छ। अत्तरियामा भूमाफिया र काठ तस्करहरुले पाँच/सात जनालाई परिचालन गरेर अत्तरियामा रहेका नागरिक, कान्तिपुर र अन्नपूर्ण दैनिक पत्रिकाहरु जलाएका हुन्।