नेकपाको विद्यार्थी संगठनले मागे प्रहरी सर्वेन्द्र खनालको राजीनामा

काडमाडौं -नेकपाको विद्यार्थी संगठन अखिल र अखिल क्रान्तिकारी ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा   माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ ।

गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनालको राजीनामा माग गरेका हुन् ।
जनताको जीउ धनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम रहेकोले आईजीपी खनालको राजीनामा मागिएको अखिलका नेताले बताए ।