परिवर्तनलाई अझै संस्थागत गर्न सकिएनः पूर्वराष्ट्रपति डा.यादब
काठमाडौं – पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई अझै संस्थागत गर्न नसकिएको बताएका छन् ।
पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेलको आत्मकथाको आज काठमाडौमा लोकार्पण गर्दै उनले आफूले राणा शासन, पञ्चायतदेखि अहिलेसम्मको सबै आरोह–अवरोहको अनुभव गरेको तर, पछिल्लो समयमा भएको महत्वपूर्ण परिर्वतनलाई संस्थागत गर्न नसकिएको बताए ।
प्रजातन्त्र पुनस्र्थापनापछि मुलुकमा भएका घटनाक्रम महत्वपूर्ण भएको उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति डा. यादवले पूर्व प्रहरी प्रमुख खरेललेद्वारा लिखित आत्मकथा इतिहासको ऐना भएको टिप्पणी गरे ।
उनले खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनस्र्थापनापछिका महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नियाल्न सहयोग पुग्ने बताए ।