नेपालीको जुँगाको मलेसियामा चर्चा
मलेसियामा सैलुन चलाउने कैलाश नाउ अहिले त्यहाँ चर्चामा आएका छन् । उनको जुँगाका कारण चर्चामा आएका हुन् । गालामा झपक्क बाक्लो दाह्री छ र त्यसको छेउबाट एन्टेना आकारको जुँगा निकालेका छन् उनले । जुँगाको कारण उनी मलेसियाका मिडियामा समेत छाइरहेका छन् । मलेसियाको एक मात्र अंग्रेजी माध्यमको ब्रोडसिट समाचारपत्र न्यू स्ट्रेट टाइम्सले उनको बारेमा विशेष समाचार छापेको छ ।
टाइम्ससँगको कुराकानीमा उनले जँुगाकै कारण आफूलाई अमेरिका र ब्रिटेनमा भएको तीन अन्तराष्ट्रिय जुँगा÷दाह्री प्रतियोगितामा निमन्त्रणा आइसकेको बताएका छन् । दुर्भाग्यवश आयोजकहरुको बलियो सिफारिसका बावजुद उनले दुई पटक भिषा पाउन सकेनन् । कैलाश मलेसियाको राजधानीको जलन टुन एच.एस.लीमा रहेको मास्टर सैलुन सञ्चालन गर्छन् । उनी आफ्ना ग्राहकहरुसँग कपाल काटे बापत मलेसियन रिङ्गिट १२ र सेभ गरेको बापत अतिरिक्त मलेसियन रिङ्गिट १० लिन्छन् । उनका अधिकांश ग्राहक नेपाली आप्रबासी कामदारहरु छन् ।
हालसालै उनी जेल लगाएको आफ्नो भी आकारको जँुगाका साथ क्वालामपुरमा आयोजना भएको नेपाली राष्ट्रिय दिवसको कार्यक्रममा सहभागी भएका थिए । उनी कार्यक्रमको मुख्य आकर्षण थिए । कैलाश १३ वर्षअघि मलेसिया गएका थिए