त्रिवि मानविकी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले गरे स्वागत र विदाई
काठमाडौं- त्रिभुवन विश्वविद्यालय मानविकी अंग्रेजी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले दोस्रो सेमेस्टरमा अध्ययन विद्यार्थीहरुलाई स्वागत र चौथो सेमेस्टर सकेका विद्यार्थीहरुलाई विदाई गरेका छन्।
उक्त कार्यक्रमको अध्यक्षता तेस्रो सेमेस्टरमा अध्यनरत मोहन बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथि संकाय प्रमुख प्रा. डा. अनिरुद्र थापा, विशिष्ट अतिथि पुर्व संकाय प्रमुख प्रा. डा. अम्मरराज जोषी र अन्य अतिथिहरुमा विश्वविद्यालयमा अध्यापन गरिरहनु भएका प्रा.डा. ज्यूहरु, उप प्रा.डा. ज्यूहरु लगायत दोस्रो सेमेस्टरका र चौथो सेमेस्टर दिई सकेका विद्यार्थीहरुको बोक्लो उपस्थिति थियो।
कार्यक्रममा वोल्दै संकाय प्रमुख अनिरुद्र थापाले सेमेस्टर प्रणालीको फाईदा र वेफाईदाको बारेमा जानकारी गराउदै स्नातक देखि नै सेमेस्टर लागु गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो।
विशिष्ट अतिथि पूर्व संकाय प्रमुख प्रा.डा अम्मरराज जोषीले सेमेस्टार प्रणाली विद्यार्थी केन्द्रीकृत र पढ्नेहरुको लागि निकै उपयुक्त भएको बताउनु भएको थियो। कार्यक्रम संयोजक महेश्वर भट्टराईले कार्यक्रमको सम्पूर्ण गतिविधिको बारेमा जानकारी दिदै कविता वाचन गर्नुभएको थियो।
झन्डै ६०० जनाको उपस्थिति रहेको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरुले सबैलाई भरपुर मानोरन्जन दिएका थिए। अन्तमा सबैैको सामुहिक नाचबाट सकिएको कार्यक्रममा सहायक प्राध्यापक प्रदिपराज गिरी विद्यार्थीसँग छमछमी नाच्दै विद्यार्थीहरुको माझमा रमाउनु भएको थियो।
औपचारिक र अनौपचारिक गरि २ सेसनमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन ५ जनाले गर्नु भएको थियो। औपचारिक कार्यक्रम रघुनाथ वाग्ले ज्यूले गर्नु भएकाले थियो भने अनौपचारिक कार्यक्रमको सञ्चालन समिर दुवाडी, मञ्जु राई, नेत्र बहादुर गुरुङ र कुषुम वाईबाले गर्नुभएको थियो।
तेस्रो सेमस्टरकी छात्रा हेमकला अधिकारी (नेहा) ले स्वागत मन्तव्य र तेस्रो सेमेस्टरकै अनु पन्तले विदाई मन्तव्य दिनुभएको थियो। यसैगरी दोस्रो सेमेस्टरबाट अञ्जना तिवारी र चौथो सेमेस्टबाट बुद्धिराज बरालले मन्तव्य राख्नु भएको थियो।