कर्णाली प्रदेशः संसदीय दलको नेतामा मुख्यमन्त्री नै छानिए

सुर्खेत– कर्णाली प्रदेशमा लामो समयदेखि रिक्त रहेको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै हुने नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँग वीरेन्द्रनगरमा कुराकानी गर्दै उनले विगतको समझदारीअनुसार नै कर्णालीमा संसदीय दलको नेता चयन हुने बताए ।

‘विगतमा ४ र २ मुख्यमन्त्रीको भद्र सहमति भएको सबैलाई जानकारी नै छ ।’ उनले भने, ‘यहाँ पनि त्यहि हुनेछ ।’ उनले कर्णाली प्रदेशमा संसदीय दलको नेताका लागि विवाद नभएको बताए । ‘कर्णालीमा संसदीय दलको नेता को हुनेरु भन्ने विवाद नै छैन ।’ उनले भने, ‘नेकपाको केन्द्रलाई यहाँका प्रदेशसभा सदस्यले संसदीय दलको नेता चयन गर्न अनुरोध गर्नु भएको छ । सोही आधारमा आगामी कात्तिक ४ गते बस्ने पार्टीको स्थायी कमिटीको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नै संसदीय दलको नेता चयन गर्ने निर्णय गर्नेछ ।’