जथाभावी फोहर मिल्काउनेलाई कडा दण्ड

काठमाडौँ- काठमाडौँ महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले बताउनुभएको छ ।

नेता श्रेष्ठले फोहर व्यवस्थापनका लागि स्थानीय तहले विभिन्न रचनात्मक कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताउनुभयो । नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहर मिल्काउनेलाई कडा दण्ड दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, घरको आगन सफा राख्नुपर्छ, हरियाली बनाउन सबैले सहयोग गर्नुपर्छ र फोहोर जथाभावी मिल्काउन हुँदैन ।

नेकपा–१४ बल्खुले कुमारी क्वल तथा त्यस आसपास क्षेत्रमा आज आयोजना गरेको सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले स्वस्थ्य र स्वच्छ समाज निर्माणमा काठमाडौँ महानगरको सक्रियता सन्तोषजनक भएन भन्नुभयो ।