पाल्पा–पोखरा पर्यटक बस सेवा
पाल्पा, । पाल्पा–पोखरा पर्यटक बस सेवा सञ्चालनमा आएको छ । तानसेन नगरपालिका र संजोग ट्राभल्स बीच पर्यटकीय शहरलाई जोड्ने गरी पर्यटकीय बस सेवा सञ्चालन गर्ने विषयमा सहमती भएपछि बस सञ्चालनमा आएको हो ।
बसको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रदेश पाँचका सांसद डा. पुरनमान बज्राचार्यले बसको उद्घाटन गरेका हुन् । सांसद बज्राचार्यले पोखरा र पाल्पाका आन्तरिक पर्यटकहरुका लागि पर्यटक बस सञ्चालनले टेवा मिल्ने बताए । कार्यक्रममा नगर प्रमुख अशोक कुमार शाहीले जिल्लालाई पर्यटकीय क्षेत्र पोखरासँग नजिक बनाउन पर्यटक बस सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने धारण व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पर्यटक बस सञ्चालनमा आउनुभन्दा पनि यसलाई दिगो र निरन्तरता दिन सक्नुलाई महत्वपूर्ण उपलब्धि मान्नुपर्ने बताए । तानसेन र पोखराबाट पर्यटकीय बस विहान ८ बजे छुट्ने छ भने, भाँडादर ६ सय रुपैयाँ कायम गरिएको संजोग ट्राभल्सका संयोजक तिलक लामिछानेले जानकारी दिए । पाल्पामा टिकट व्यवस्थापनका लागि पाल्पा टुर एण्ड ट्राभल्सले जिम्मा लिएको छ ।