गाउँपालिकाले स्रोत साधन भए पनि लाभ लिन सकेन

पाल्पा । तिनाउ गाउँपालिकामा प्रयाप्त मात्रामा स्रोत साधन भए पनि त्यसबाट लाभ लिन सकेको छैन । गाउँपालिकाले चुनढुङ्गा र खानी प्रचुर मात्रामा भएपनि त्यसबाट लाभ लिन नसकेकोमा स्थानीयहरुले गुनासो गरेका छन् । जिल्लाका अन्य स्थानीय तहको तुलनामा यस गाउँपालिकामा थुप्रै आम्दानीका स्रोतहरु भए पनि त्यसको पहिचालन गर्न नसक्दा गाउँपालिकाले आर्थिक रुपमा फड्को मार्न नसकेको उनीहरुले बताएका हुन् । यस क्षेत्रमा मुख्य आम्दानीको स्रोतका रुपमा चुनढुङ्गा भए पनि त्यसको व्यवस्थित रुपमा गाउँपालिकाले परिचालन गर्न नसक्दा स्थानीयले गुनासो गर्न थालेका छन् । आर्थिक वर्ष २०७५÷०७६ को पहिलो चौमासिकमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।