सामुदायिक भवन निर्माण
म्याग्दी- धवलागिरि गाउँपालिका–६ स्थित कल्लेनी गाउँपालिका,वडा,प्रवासमा रहेका कल्लेनीका युवाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदानमा करिब रु २१ लाखको कुल लागतमा कल्लेनीको छहरीमा एउटा सभाहल र दुई कोठासहितको एक तले पक्की सामुदायिक भवन निर्माण गरिएको समितिका सल्लाहकार डेक पुनले बताउनुभयो ।
कल्लेनी घर भई हाल अस्टे«लियामा रहनुभएका दिपक भण्डारीले र ट्रस मराङ अस्टे«लियामार्फत रु दुई लाख ५५ हजार तथा रामबहादुर केसीले रु दुई लाख सहयोग गर्नुभएको थियो। वडा कार्यालयले रु. पाँच लाख र गाउँपालिकाले रु दुई लाख अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीय हेमबहादुर र हस्तबहादुर पुनले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । बाँकी रकम देउसी भैलो, चन्दा सहयोग, आमा समूह र युवा क्लबबाट जुटाइएको हो ।