तीन बर्षमा देश अल्प बिकसीत बाट बिकसीत देशमा रुपान्तरण गराउने ,परराष्ट्रमन्त्री ज्ञवाली
गुल्मी-आइतबार गुल्मीको मुसिकोट नगरपालिकाले वामीमा आयोजना गरेको बौैद्धिक सम्मेलनको उद्घाटन पछि बोल्दै परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले केही बर्ष भित्रमा नेपालमा रेल तथा एक बर्ष भित्रमा पानी जहाज ल्याउने बताएका छन् ।
उनले आगामी सन् २०१९ मै भारतको कोलकत्ता बन्दरगाह हुँदै नारायणी नदिको जलयात्रा सुरु हुँने बताउँदै रेल मार्ग निर्माणको थालनी देखी सडकको स्तर बृद्धि देखि हरेक विकास निर्माणको गतिलाई सरकारले तिब्र पार्ने बताए ।
बिकास भौतीक र मानसिक गरी दुइ प्रकारको हुने भन्दै दुबै बिकास बिचमा सन्तुलन आवश्यक रहेको बताए । नेपालीहरुलाइ देश बिकास हुन्न भन्दै बिभिन्न क्षेत्रबाट हीनताबोध हुने किसीमको मानसिकता बिकास गराउन खोजीइरहेको भन्दै उनले ठुला ठुला अवरोधहरु छिटो समयमा समाधान गर्न सम्भव नभएको बताए ।
उनले नेपालले अधिकार प्राप्तिको चरण पार गरी अब समृद्धि प्राप्तिको चरणमा प्रवेश गरीरहेको भन्दै अस्थीरताले आजित भएका जनताको चाहना अहिलेको स्थीर सरकारले पुरा गर्ने बताए ।
सरकार गठन भएको छोटो अवधिमा पनि तीन तहका सरकार चलाउने कर्मचारी ब्यबस्थापन, बजेट, पुर्वाधारका कामहरु गरेर सरकार चल्ने बाताबरण सिर्जना गराएको भन्दै संघीयता कार्यान्वयन, यातायात क्षेत्रको सिन्डीकेटको अन्त्य, ठुला ठुला अपराधी नियन्त्रण लगायतका कामहरु गरीएको बताए ।
‘आठ महिनाको अवधिमा संघीयता कार्यान्वयन, संविधान कार्यान्वयन र आर्थिक बिकासको जग बसाएका छौ’ मन्त्री ज्ञवालीले भने ‘छिमेक तथा अन्तराष्ट्रिय सम्बन्धको सुधार, १०५०को सन्धी बिस्थापन गरी नया सन्धीको तैयारी लगायतका महत्वपुर्ण कामहरु भएका छन्, अरु थुप्रै काम हुने चरणमा छन्’ ।
अबको आउने तीन बर्षमा देश अति अल्प बिकसीत देशबाट बिकासशील देशमा रुपान्तरण गराउने भन्दै मन्त्री ज्ञवलीले अहिलेकै सरकारले सन् २०३० सम्म देशलाइ मध्यम आय भएको देश बनाउने दावी गरे ।
भष्ट्राचारी प्रति नर्मम भइ अगाडी बढ्ने, काम नगर्ने ठेकेदारलाइ कारवाही तथा घुसखोसी कर्मचारी तन्त्रको अन्त्य गर्ने सरकारका मुख्य लक्ष्य रहने भन्दै उनले नेपालमा रेलमार्ग, जलमार्ग, फराकिला सडक, बिमानस्थल बिस्तार लगायतका कामहरु तिव्र रफ्तारमा अगाडी बढ्ने बताए ।
‘जनताको जीवनस्तर सुधार गर्ने गरी काम गर्छाै’ मन्त्री ज्ञवालीले भने हामीमा दुइ तिहाइको दम्भ छैन, अरुले भने जस्तो अधिनायकवाद पनि आउदैन’ ।
परराष्ट्रमन्त्री ज्ञवालीले अबको विकास र जनताको समृद्धिको यात्रामा कोही सत्ता पक्ष र कोहि प्रतिपक्ष हुन नहुने भन्दै प्रंतिपक्ष सँग सहकार्य गरेर बिकास गर्ने बताए । ‘अहिलेको सरकार विकास र समृद्धिको यात्रमा फड्को मार्दै छ, हामी सत्तपक्ष र अरु कोहि प्रतिपक्ष बनेर अगाडी बढ्न चाहन्छौं, सबै संग सहकार्य र साँझेदारी गरेर जनताको अपेक्षा पुरा गर्न चाहन्छौ’।
उनले निर्मला पन्त हत्या काण्डका अपराधी पत्ता लाग्न ढिला भएको स्वीकार गर्दै अपराधी पानी मुनी लुकेकै भए पनि नछाडीने बताए । तर यस्तो मानविय संवेदना माथी कसैले राजनीति नगर्न उनले सुझाव दिए । लामो समयदेखीका समास्या समाधान रातारात नहुने भन्दै उनले सरकार ठिक बाटोको हिडेको भन्दै जनतालाइ ढुक्क हुन आश्वासन दिए ।
उनले रिडी रुद्रवेणी वामी टक्सार सडक खण्ड बढि दुई बर्ष भित्रमा पिच भई सक्ने, रेसुङ्गा विमान स्थलको नियमित उडान यसै हिउँद भित्रमा सुरु भई सक्ने जानकारी दिदै उनले गुल्मीलाइ कफी केन्द्र बनाउने बताए ।
जनप्रतिनिधीहरु, बौद्धिक ब्यक्तित्वहरु र देश विदेशमा छरिएका अनुभवी व्यक्तित्वहरुको सहभागिताले सम्मेलनबाट नगरको गुरु योजना बनाउने काममा योगदान पुग्ने अपेक्षा गरीएको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।