जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव

विराटनगर-विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने र जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिनुभयो ।
उहाँले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताउनुभयो ।नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन उपसभापति विमलेन्द्र निधिले बताउनुभयो ।