अर्को सूचना जारी नहुँदासम्म नेकपाको बैठक स्थगित

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थायी कमिटी बैठक सरेको बताइए पनि पार्टीको तल्लो कमिटी, विभाग, जनवर्गीय संगठनहरुबीच एकताको काम नटुंगिएका कारण पनि बैठक बस्न नसकेको नेताहरुले बताएका छन्।