समुद्रमाथि संसारकै लामो पुल
चीनले संसारकै सबैभन्दा लामो अर्थात पाँच किलोमिटर लामो समुन्द्री पुल निर्माण गरेको छ । उक्त पुलको उद्घाटन राष्ट्रपति सी जीङ पीङले मंगलबार (२३ अक्टोबर) जुहाईमा गरेका हुन् । उद्घाटनमा हंगकंगका क्यारी ल्याम, मकाउका फरनान्डो सुइ र ग्वाङडन्गक पार्टीका सचिव ली सी पनि उपस्थित थिए ।
९ वर्षमा सम्पन्न गरिएको पुलको लागत २० विलियन रहेको जनाएको छ । यसले चीनको ग्वान्डोङ प्रान्तको जुहाईको मेनल्यान्डदेखि हंगकंग र मकाउलाई जोडेको छ । ४० लाख टन स्टिलको प्रयोग भएको पुल आँधी र भुकम्प प्रतिरोधी बनाइएको दाबी चीनले गरेको छ । यसको तौल ६० वटा एफिल टावरको बराबर छ । पुलसँगै, दुई कृत्रिम टापु पनि बनाइएको छ ।
५६ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको यो पुलले ११ वटा शहर र ६८ मिलियन सर्वसाधारणलाई सुविधा दिने बताइएको छ । पुलको निमार्णको क्रममा नौ जनाको ज्यान गएको थियो भने मेनल्यान्ड मै अन्य नौ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै, सयौँको संख्यामा घाइते भएका थिए ।