माया एउटासंग…को परिणाम

सुहागरात मनाउन नदिई बेहुली टाप

बुटवल । गायिका अञ्जु पन्तको –‘ माया एउटा संग बिबाह अर्को संग…’ बोलको गीतले थुप्रै युवा धड्कनको आत्मासात गरेको छ । उक्त गीत आत्मासात गर्ने पछिल्ला युवा धड्कन हुन गुल्मीका एक जोडी । उनिहरु हुन रेसुङ्गा नगरपालिका–६ नेटाखर्ककी २३ बर्षिया ललिता बिक र गुल्मीदरवार गाउँपलिका–७ चारपाला काफलचौरका २७ बर्षिय करन सुनार ।
उनीहरुबीच असोज–२७ गते धुमधाम संग मागी बिबाह भएको थियो । यता माईतीजन नयाँ छोरी ज्वाँई पहिलो बर्ष दशैको टिका थाप्न आउने भने पछि तयारीका लागि भ्याई नभ्याईमा थिए । तर दुभाग्र्य बाबु आमाको त्यो खुशी र दशैको उत्साहमा निरासा पारेर बिबाह गरेको ५ दिन नबित्दै छोरी नब बेहुलालाई छाडेर बेपत्ता भईन घरबाट ।
दशैको संघार देखि अहिले अन्तिम सम्म दुबै परिवारजन उनको खोजीमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा धाई रहेका छन । ललिताका दाजु हिमाल बिकका अनुसार उनि उनका छिमेकी सागर परियार संग भागी बिबाह गरेर भागेको एसएमएस आई सकेको छ । फोनमा कहिले बुटवलमा छौ त कहिले काठमाण्डौ छौं भन्ने गरिएको छ ।
यसै समाचारदाताले फोन गर्दा सागरले फोन उठाए । उनले भने–‘ म अहिले मिक्सीङ्गमा ब्यस्ता छु , तपाई खै को हो मैले चिनिन ।’ अर्को पटक फोन गर्दा उठाएनन । दाजु हिमाल भन्छन–‘ बहिनी र सागर बिच लभ थियो भन्ने हामीलाई थाह भई दिएको भए हामीले बिबाह गराई दिने थिएनौं । करनजी र हामी पहिल्लै देखिका नातेदार हौं , उहाँहरु माग्न आए पछि हामीले केटा केटीलाई सम्मुख बनाएका थियौं । बहिनी बिबाहका लागि राजी भए पछि कुरा छिनिएको थियो ।
सागरले चुनौतीपुर्ण भाषामा बिबाह गरी हिडेको बताएका छन तर सम्पर्कमा आउन नचाहे पछि हामी दुबै परिवार प्रहरीको सहारा लिन आएका हौं ।’ उनिहरुले शुक्रवार जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतलाई भेट गरी यथासिघ्र खोजतलासका लागि आग्रह गरे ।
६ लाख खर्चेकी बेहुलीले स्पर्श समेत गर्न दिईनन
झण्डै ६ लाख खर्चेर बिबाह गरेको बताउने करन यति बेला निकै निरास देखिन्छन । उनको भनाई यस्तो छ–‘ म माथी निकै ठुलो धोका भयो । गर–गहना सहित झण्डै ६ लाख खर्चेर बिबाह गरियो । त्यस अघि उनि संग बेग्लै बसेर मन खोला खोल भएको थियो । उनि राजी भए पछि बिबाहको कुरा छिनिएको थियो ।
त्यसरी सागर भन्ने केटा संग पहिल्लै देखि लभ थियो भने उति बेलै भन्नु पर्दथ्यो । जब घर लगियो उनि राई मात्र राखिन केहि बोलीनन । धुर्पाईलो फर्काएर आउने बेला सम्म उनि संग नजिकिने आशा थियो । तर चार पाँच दिन सम्म पनि उनले मलाई नजिक पर्न दिईनन ।
म पलङ्गमा पुगे उनि भुँईमा पुग्ने र म पलङ्गमा पुगे उनि भुईमा भाग्ने गरिन । मन पराएर बिहे गरे पछि पछि माया प्रेम– स्पर्शको धोको जसलाई पनि हुन्छ । मैले पहिलो दिन देखि पछिल्लो अन्तिम दिन सम्म उनको स्पर्शको लागि निकै संघर्ष गरें तर उनले नजिक पर्नै दिईनन । किन यसो गरेको भनेर सोध्धा उनि रोई मात्र राखीन बोल्दै बोलिनन् ।
भारतबाट मजदुर गरेर कमाएको झण्डै ६ लाख रुपैयाँ बित्थैमा खर्च भयो । उनी ईमान्दारी पुर्वक सम्पर्कमा आई मेरा गर–गहना र अन्य सामग्र बुझाउन् र मलाई अर्को बिबाह गर्ने बाटो खोली दिउन् । उनि संग गएको केटाले हामी दुबै परिवारको बिबाह खर्च बुझाओस् भन्ने मात्रै हाम्रो माग हो ।’
पछिल्लो चरण माया प्रेम र बिबाह समन्धमा यस्तो घटना नौलो नहुने गरेकोले पनि बिबाह पुर्व केटा केटी दुबैलाई बढि नै सोधपुछ र बिबाह मितिको ग्याव केहि फराकिलो पारेर कुरा टुङ्गाउनु पर्ने देखिन्छ ।