नेपाल टेलिकमको अटम अफर
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफरउपलब्ध गराएको छ । उक्त अफर आगामी २०७५ पुस २८ गतेसम्म लिन सकिनेछ । टेलिकमले जीएसएम÷सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर ल्याएको छ । ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिनेछ । सो प्याक एक सय रुपैयाँमा सात दिनको लागि प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै कम्पनीले जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज उपलब्ध गराएको छ । यस प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ । त्यस्तै कम्पनीले नाइट टाइम भोलुमबेस्ड डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध गराएको छ । त्यसैगरीअनलिमिटेड नाइट टाइम डाटाप्याकअन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ । डाटा खरिद गरेको एक दिनसम्म यसको अवधि हुनेछ । त्यसैगरी ८५ रुपैयाँमा ७ दिन सम्म र २४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड १ जीबी डाटा राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी÷फोरजीको गतिमा चल्नेछ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्नेछ । टेलिकमको अल टाइम सोसियल मिडिया डाटा प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्विटर चलाउन सकिनेछ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । त्यस्तैगरी टेलिकमको जीएसएम थ्रिजी÷फोरजी एक जीबी प्रतिदिन डाटा प्याकअन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङप्याक बोनसको रुपमा प्राप्त हुनेछ ।अल टाइम भ्वाइस प्याकअन्तर्गत एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि १९० मिनेट, २०० रुपैयाँमा २८ दिनका लागि ४०० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि ११६० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ । नाइट टाइम भ्वाइस प्याकअन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म कम्पनीकै नेटवर्कभित्र असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिनेछ । सो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ ।
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भज्र्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ । यसअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका प्रिपेड ग्राहकले २०० स्पैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्नेछन् । त्यस्तै भिडियो र टिभी प्रतिघण्टा प्याकअन्तर्गत २० रुपैयाँमा भिडियोे र टिभी प्रतिघण्टा हेर्न तथा ४०० एमबी डाटा चलाउन सकिनेछ । जसमा १५ रुपैयाँको स्ट्रिमिङ र ५ रुपैयाँको वाउ टिभी हेर्न सकिनेछ । त्यसैगरी ३५ रुपैयाँमा भिडियो र टिभी २ घण्टा हेर्न तथा ८०० एमबी डाटा चलाउन सकिनेछ । जसमा २८ रुपैयाँको स्ट्रिमिङ र ७ रुपैयाँको वाउ टिभी हेर्न सकिनेछ । साथै ५० रुपैयाँमा भिडियो र टिभी तीन घण्टा हेर्न तथा १२०० एमबी डाटा चलाउन सकिनेछ । जसमा ४१ रुपैयाँको स्ट्रिमिङ र ९ रुपैयाँको वाउ टिभी हेर्न सकिनेछ । यसको समयावधि २४ घण्टाको हुनेछ ।एसएमएस प्याकअन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएससमेतउपलब्ध गराइएको छ । यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिनेछ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएसउपलब्ध गराइएको छ ।
नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । व्यक्तिगततर्फ ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेजअन्तर्गत १ महिनाका लागि आठ सय रुपैयाँ, तीन महिनाका लागि दुई हजार तीन सय रुपैयाँ, छ महिनाका लागि चार हजार तीन सय रुपैयाँ र १ वर्षका लागि आठ हजार रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । त्यसैगरी १८ एमबीपीएस गतिको एफटीटीएच प्याकेजअन्तर्गत तीन महिनाका लागि चार हजार छ सय रुपैयाँ, ६ महिनाका लागि सात हजार रुपैयाँ र १ वर्षका लागि १२ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था पनि गरेको छ । कर्पोरेटतर्फ १० एमबीपीएस गतिको एफटीटीएच प्याकेजअन्तर्गत तीन महिनाका लागि १९ हजार पाँच सय रुपैयाँ, ६ महिनाका लागि ३६ हजार आठ सय रुपैयाँ र १ वर्षका लागि ६९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । नेपाल टेलिकमले भोलुम बेस्ड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएससम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएससम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ ।नेपाल टेलिकमले अनलिमिटेड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएससम्मको गतिमा ८०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएससम्मको गतिमा चार हजार तीन सय रुपैयाँमा १८० दिनसम्म र आठ हजार रुपैयाँमा ३६० दिनसम्मका लागि उपलब्ध गराएको छ । एक घण्टा अनलिमिटेड प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टिभ भएपश्चात् १ घण्टासम्म भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्नेछन् ।
विद्यार्थी अफर
टेलिकमले यस अफरअन्तर्गत कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले १० रुपैयाँबराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सबै सेवा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी बाँकी ४० रुपैयाँमा ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिनेछ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सक्नेछन्। यो सुविधा उपभोग गर्ने समयावधि सात दिनको हुनेछ । प्रतिमहिना प्राप्त हुने उपर्युक्त बोनस छ महिनासम्म उपलब्ध हुनेछ ।साथै विद्यार्थीहरुलाई ५० रुपैयाँको रिचार्जमा १० मिनेटको भ्वाइस, ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ । यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ । रिचार्ज बोनस ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने उपर्युक्त बोनस एक वर्षसम्म उपलब्ध गराइनेछ ।
इन्डिया कल अफर
नेपालबाट भारतमा कल गर्नका लागि सस्तो दरको प्याकेज लिन सकिने भएको छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थली प्याक गरी तीन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याकअन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिनेछ । सो प्याक एक दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याकअन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थली प्याकअन्तर्गत ५०० रुपैयाँमा २१५ मिनेट कल गर्न सकिनेछ । यी प्याक क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिनेछ ।
मिस्ड कल अलर्ट
यो सेवाबाट सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्विच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसबारे एसएमएसमार्फत नोटिफिकेसन आउनेछ । यो सेवा लिन मासिक छ रुपैयाँ शुल्क लाग्नेछ । यो सुविधाको समयावधि ३० दिनको हुनेछ ।
एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवालाई प्रवद्र्धन गर्न थप ९० दिनसम्म कम्पनीकै नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा उपलब्ध गराइएको छ । सोहीअनुसार यो अफर आगामी माघ ७ गतेसम्म उपलब्ध हुनेछ । यो सेवा पुराना तथा नयाँ ग्राहकलाई उपलब्ध हुनेछ ।