पर्यटन उद्योग जनताको जिवनोपार्जनको श्रोत बन्न पुग्यो

पोखरा- देशको आर्थिक बिकासमा पर्यटन उद्योगको महत्त्वपूर्ण योगदान रहेको हामी सबैमा बिदितै छ । केही बर्ष अघि देशको राजधानी लगायत केही शहरहरुमा मात्र सिमित पर्यटन गतिविधि आज गाउँगाउँमा बिस्तार भइ ग्रामीण भेगका जनताको जिवनोपार्जनको श्रोत समेत बन्न पुगेको छ ।

पर्यटन उद्योगको विकासबाट आर्थिक उन्नती तथा गरिबी निवारणको कल्पना रास्ट्रले गरेको अवस्था छ । यसर्थ पर्यटन क्षेत्र प्राथमिकताको उद्योगको रुपमा सरकारले राखेको हामी सबैमा बिदितै छ ।

यिनै कुराहरुलाइ मध्यनजर राख्दै, लियो जिल्ला परिषद ३२५ बि २ नेपालले पर्यटन बर्ष २०२० लाइ Lifetime experience भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन र युवा सशक्तीकरणमा मा जोड गर्दै, युवाहरुलाइ पर्यटनको माध्यम बाट उद्यमी बनाउने उद्देश्यका साथ यहिँ कार्तीक १४ देखि १८ सम्म मुस्ताङमा पर्यटनको संभावनाको खोजी र उद्यमी बन्ने प्रयास भन्ने मुल नाराका साथ Prism International Youth Camp हुने भएको छ ।

लियो जील्ला परिषद ३२५ बि २ नेपालका अध्यक्ष लियो तारा प्रसाद गुराँगाइले मुस्ताङलाई हामीले स्वर्गको रुपमा चित्रीत गर्दै, मुस्ताङको यात्रालाइ द जर्नी टु प्याराडाइस् को रुपमा अघि सारिएको बताए ।

उन्ले मुस्ताङ मात्रै होइन् , नेपालमा यस्ता धेरै स्वर्गहरु भएको तर पहिचान र प्रबर्द्धन हुन नसकेकाले , हामीले बार्षिक रुपमा धेरै नेपालका युवाहरु र केही बिदेशी युवालाइ समेत लिएर निरन्तर पर्यटन विकासका लागि इन्टरनेसनल युथ क्याम्प गरिरहेको जानकारी गराए ।
कार्तीक १४ गते पर्यटन मन्त्री रबिन्द्र अधिकारीबाट कार्यक्रम उद्घाटन भइ, कार्तीक १८ गते पोखरामा नै आएर कार्यक्रम समाप्त हुने छ । यश बर्ष करिब ९० जना युवाहरु एकसाथ मुस्ताङको भ्रमण गर्नेछन् र त्यहाँको संभावनालाई अध्ययन गरेर, हामी भित्रै बाट नयाँ उद्यमीहरु निक्लनेछन् भन्नेमा आफू विस्वस्त रहेको समेत उन्ले बताए ।
युवाहरुलाइ केही गर्न को निम्ति प्रेरित गरिरहने सम्पुर्ण सहयोगी स्पोनसर र सम्पुर्ण मिडिया पार्टनरलाइ हार्दिक धन्यवाद ज्ञापन समेत गरेका थिए ।