सिंहदरबार गाउँमा पसिसकेको छैन
विजयकुमार मरासिनी, वडाध्यक्ष, रेसुङ्गा नगरपालिका ४, गुल्मी
धेरैका भनाइमा रेसुङ्गा नगरपालिका वडा नं. ४, गुल्मीका वडाध्यक्ष विजयकुमार मरासिनी भाग्यले जितेका जनप्रतिनिधि हुनुहुन्छ । उहाँको वडामा प्रत्यासी काँग्रेसका र उहाँको मत बराबर भएपछि चिठ्ठा गरिएको थियो, त्यो चिठ्ठा उहाँलाई प¥यो । जेहोस् मत बराबर गर्ने ल्याकतलाई भाग्य मात्र भन्न मिल्दैन त्यसैले कर्म र भाग्यको ग्रह मिलेर उहाँ अहिले त्यो वडाको प्रमुख जनप्रतिनिधि हुनुहुन्छ । एमालेबाट निर्वाचित भई वडाध्यक्ष भएपछि उहाँले के गर्दै हुनुहुन्छ त ? यिनै सेरोफेरोमा गरिएको संक्षिप्त कुराकानी आजको अंकमा ।
वडाध्यक्ष भइसकेपछि तपाईंको वडाका मूल समस्या के के हुन् भन्ने पहिचान गर्नुभयो ?
त्यसो त आफ्नै घरबस्तीका केही समस्या वडाध्यक्ष नहुँदै राजनीतिक सामाजिक कार्यकर्ताको हैसियतले पहिचान गरेकै हो । पहिचान गरेकै आधारमा चुनावमा म यो समस्या समाधान गर्छु पनि भनियो । यद्यपि अहिले अझ बढी जिम्मेवारीका साथ समस्या पहिचान गरिरहेको छु । यो वडा मूलतः भोगोलिक विकटताका कारण पछि परेको छ । यो वडाको अर्खले गाउँ सदरमुकाम तम्घासको नजिकै भए पनि यहाँको अप्ठेरो भूगोल विकासको प्रमुख बाधक हो । यहाँ खासगरी खानेपानी र सिंचाईको अभाव छ, यसलाई मैले यहाँको मूल समस्या मानेको छु । हुन त यहीँ वडाबाट यता तम्घास वा उता छल्दीटार हुँदै धुर्कोट, इस्मा, मालिका, मदाने तिर जाने वा रातडाँडा हुँदै इन्द्रेगौंडाबाट वामी पुग्ने मूलबाटो पर्छ । यो बाटो केही कालोपत्रे भैसक्यो र केही हुँदैछ । तर, भित्री बाटाको हालत राम्रो छैन ।
अनि शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?
यो वडामा एउटा मा.वि., एउटा आधारभूत, एउटा प्रा.वि. र एउटा बालविकास स्कुल छन् । यी सबैमा शिक्षकको दरबन्दी अपुग भएकाले वर्षौंदेखिको समस्या कायम छ । दोहोरो शिक्षा नीतिले गर्दा निजीमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव छ । यसलाई मैले गम्भीर चुनौतिको रुपमा लिएको छु । सदरमुकाम ३ किलोमिटर नजिकै भएकाले यहाँ ठूलो अस्पताल छैन । एउटा स्वास्थ्य चौकी छ । नजिकै रहेको वडा नं. ५ अन्तर्गतको खोप केन्द्र मार्फत महिनाको १÷२ दिन सामान्य सेवा उपलब्ध हुन्छ ।
कृषि र पशुपालनको अवस्था के छ नि ?
यो वडा खासगरी कृषिकै पकेट क्षेत्र हो । तम्घासका लागि तरकारी र दूध यहींबाट धानिएको छ भन्दा पनि खासै फरक पर्दैन । यहाँ केयुबीके भन्ने एउटा संस्थाले कृषि र पशुपालनलाई प्रोत्साहित गर्ने कोसिस त गरेको छ तर त्यो संस्थाले समिति गठनमा पूर्वाग्रही ढंगले चल्न खोज्दा उल्लेख्य प्रगति हुन सकेको छैन । वास्तवमा त्यो संस्थालाई किसानसँग पक्षपात गर्ने अधिकार छैन र पनि त्यो भईरहेको छ । मिडियामा यो कुरा भन्न मन लाग्यो । कृषिमा आधुनिकीकरणको जरुरी छ भन्ने कुरा मैले पनि महसुस गरेको छु । अबको बजेटमा आधुनिक कृषिलाई प्राथमिकतामा राख्नेछु ।
आधुनिक कृषि, पशुपालन र स्वास्थ्य क्षेत्रको विकासका लागि निरन्तर पहलकदमी लिएको छु । निराशाजनक अवस्थाबाट यहाँका जनतालाई आशाको गोरेटोमा डो¥याउँदै विश्वासमा परिणत गराउँदै छु ।
समस्या धेरै रहेछन्, तपाईले के के गर्दै हुनुहुन्छ त ?
यहाँको प्रसिद्ध जोगीथुम भगवती मन्दिरलाई पुनर्निर्माण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावनालाई नजिकबाट नियाल्दै त्यसतर्फ उन्मुख हुँदैछु । समस्याग्रस्त बाटाघाटाको स्तरोन्नति गर्न लागिपरेको छु । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पनि मेरो सक्रियता जारी छ । आधुनिक कृषि, पशुपालन र स्वास्थ्य क्षेत्रको विकासका लागि निरन्तर पहलकदमी लिएको छु । निराशाजनक अवस्थाबाट यहाँका जनतालाई आशाको गोरेटोमा डो¥याउँदै विश्वासमा परिणत गराउँदै छु ।
यत्तिकैमा चुनावमा गरेका वाचा पुरा होलान् त यस अवधिमा ?
सबै तह र तप्काका मानिसले सहयोग गरे चुनावमा गरेका वाचा पुरा हुन्छन् भन्ने विश्वासमा छु ।
त्यसो भए जनताले सिंहदरबार गाउ“मा पसेको अनुभूति गरेकै हुन् त ?
एक त भनेजस्तो सजिलो छैन । अर्को मानिसको बुझाइमा पनि फरकपन छ । अझै पनि स्थानीय तहलाई सुव्यवस्थित ढंगले संचालन गर्ने कानुनको अभाव छ । वर्षौंसम्म व्युरोक्रेसीले चलाएको स्थानीय निकाय स्थानीय तहका रुपमा परिणत भएको छ । व्युरोक्रेसीलाई ठीक ढंगले परिचालन गर्नु पर्ने अवस्था पनि चुनौतिकै विषय हो । यद्यपि हामी यस्ता समस्याको सामना गर्दै अघि बढेका छौं । ढिलो चाँडो सिंहदरबार गाउँमा पसेको अनुभूति गराउन प्रयासरत छौं ।
रेसु·ा भाग्यमानी नगरपालिका हो, एमालेले थोरै वडा जिते पनि नगर प्रमुख र उपप्रमुख पनि एमालेकै पाउनु भएको छ, नगरपालिकाबाट त राम्रै सहयोग पाउनु भएको होला नि ?
नगरपालिकाबाट आवश्यकता अनुसारको सहयोग मिलेकै छ । विकासको काममा पार्टीका कुरा गौण भएका छन् ।