‘भैलो भन्दै’ राति नजानू अरुको दैलो
काठमाडौं÷ नेपालीको दोस्रो महान चाँड तिहारको बेला देउसी–भैलो प्रायः रातिसम्म खेल्ने गरिन्छ । तर अब भने देउसी भैलो राति खेल्न नपाइने भएको छ ।
प्रहरीले राति १० बजेपछि देउँसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । प्रहरीले शान्ति सुरक्षा कारण देखाउँदै काठमाडौं उपत्यकामा देउसी–भैली राति खेल्न बन्देज गरेको हो । प्रहरीले नियम विपरित राति देउसी भैलो खेल्नेलाई कारवाही हुने जनाएको छ ।
प्रहरीको यस्तो बन्देजपछि उपत्यका बाहिरबाट काठमाडौमा देउसी भैलो खेल्न आउने विभिन समूहलाई समस्या हुने देखिएको छ । तिहारमा उपत्यका बाहिरबाट विभिन्न क्लब र समूहहरु आफ्नो भेषभुषको पहिरनसहित काठमाडौमा देउसी भैलो खेल्न आउने गर्छन् । यसरी बाहिरबाट आउनेहरु रातभर नै देउसी भैलो खेल्ने गर्छन् । अब भने उनीहरु पनि निर्धारित समयमा मात्रै खेल्नुपर्ने भएको छ ।
प्रहरीले तिहारमा पटका लगायतका बिस्फोट पदार्थ पड्काउने तथा त्यसको ओसारपसार र कारोबार गर्नेलाई समेत कारबाही हुने जनाएको छ । प्रहरीले पटका नपड्काउन र बेचबिखन नगर्न सबैलाई अपील गरेको छ ।
तिहारमा सुरक्षा व्यवस्था मजबुद पारिएकोे प्रहरीको दाबी छ । त्यसको लागि उपत्यकामा ५ हजार प्रहरी प।िरचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुमार लामाले जानकारी गराएका छन् ।