सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री, मन्त्रीबाट बर्खास्त
धनगढी – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्त भएका नेता दीर्घबहादुर सोडारीले आफू पार्टीभित्रको गुटबन्दीको शिकार भएको बताएका छन् ।
‘म पार्टीको जिल्ला (कैलाली) अध्यक्ष भएदेखि नै पार्टीको एक खेमालाई चित्त बुझेको थिएन् । मन्त्री बनेपछि उनीहरुले मेरो साना साना कुराहरुलाई इस्यु बनाउँदै लविङ गरे । म पार्टीको इमान्दार कार्यकर्ता हुँ । विगतमा पार्टीले मन्त्री बनाएको थियो । अहिले पनि माननीय नै छु । प्रदेशको विकासमा सहयोग निरन्तर जारी रहनेछ । अहिले म गुटबन्दीको शिकार भए,’ सोडारीले देश सञ्चारसँग भने ।
उनले आफ्नो स्थानमा आउने सुवेदीलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
आफ्नो नौँ महिने कार्यकालको समीक्षा गर्दै सोडारीले आफूले प्रदेश सरकारले
ल्याएका योजनाहरु कार्यान्वयनमा शतप्रतिशत दिएको दाबी पनि गरे।
तिहारको बेला गौरीगंगा नगरपालिकाको बडैपुरमा मन्त्री सवार गाडी दुर्घटना भएपछि उनी विवादमा तानिएका थिए ।
पद अनुरुपको आचरण नगरेको, पार्टीले पटक–पटक पार्टीको नीति अनुसार काम गर्न आग्रह गरेपनि वेवास्ता गरेको, अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भूमिका खेलेको आरोप सोडारीलाई लगाईएको छ ।