देउवाले छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिए
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिईपूजाआजा गरेका छन्।
छठ पर्वको तेस्रो दिन बागमती नदीको किनारमा आयोजना गरिएको छठ पूजास्थलमा पुगेर सूर्यको पूजा आराधना गरेका हुन्। साथै उनले सबैको सुस्वास्थ्य, प्रगति र उज्ज्वल भविष्यको कामना पनि गरेका छन्।
छठ पर्वको तेस्रो दिन मंगलबार सूर्यको आराधना, उपासना र पूजा गरिएको छ। पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिपूर्वकमा सम्पन्न हुन्छ।