राजा वीरेन्द्र र उनको परिवारको नामको जग्गा नेपाल ट्रष्ट मातहत ल्याउने
काठमाडौ- गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीवार सार्वजनिक भएको छ ।
सरकारको प्रवक्ता समेत रहेका सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीवार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
भारतका लागि नेपाली राजदूतमा निलाम्बर अचार्य, मलेसियाका लागि उदयराज पाण्डे, यूएईका लागि कृष्णप्रसाद ढकाल तथा इजरायलका लाग अञ्जान शाक्यलाई रादूतमा सिफारिस गरेको छ ।
इजरायलका बहालवाला राजदूत निरञ्जन थापालाई भने फिर्ता बोलाइएको छ । यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय बैठकले गरेको मन्त्री बास्कोटाले जानकारी दिए ।
उनलाईहरूलाई फिर्ता हुनका लागि तीन साताको समय दिइएको छ ।
बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको करीब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहत ल्याउने निर्णय गरेको छ ।
यस्तै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।