चार वर्षीय बालकको टिपरको ठक्करबाट मृत्यु
रेसुङ्गा टुडे | आइतवार, मंसिर २, २०७५ मा प्रकाशित
चितवन- भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलमको ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जानकारी दिएको छ ।
बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । साइकल चालक बाबु आलम सामान्य अवस्थामा छन।