६ दिनपछि समर्थन फिर्ता लिने राजपाको चेतावनी

काठमाडौं- शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजपाका महामन्त्री केशव झाले अब सरकार सँग छ दिन मात्र रहेको चेतावनी दिएका हुन् ।

महामन्त्री झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई १० दिनको समय दिएकोमा अब छ दिन मात्र बाकी रहेको बताएका छन् ।

नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दसैँअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको बताए । छ दिन पछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिंगो मधेशका नागरिक आक्रोशित रहेको बेला आफूहरुले जोखिम मोलेर समर्थन दिएर हातेमालो गरेको झाले बताए ।

सरकार बनेको ९ महिना बितिसक्दा पनि सरकारले संविधान संशोधनको लागि अहिलेसम्म इमानदारिताको प्रयत्न नगरेको भन्दै उनले आक्रोश पोखे ।