मङ्सिर ५ गते सार्वजनिक बिदा

धनुषा-  सरकारले मङ्सिर ५ गते पैगम्बर मोहम्मदको जन्म दिनमा प्रदेश नं २ मा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशका नं २ का आठ वटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।