प्रधानमन्त्री केपीद्वारा दुःख व्यक्त

काठमाडौँ-डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले  दुःख व्यक्त गरेका छन ।

आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो सङ्ख्यामा यात्रु घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको बताए । दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।