पत्रकार जगत नेपालद्वारा लिखित ‘बीपीको विद्रोह’ लोकार्पण
काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं पत्रकार जगत नेपालले लेखेको पुस्तक बीपीको विद्रोह’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले काठमाडाैंमा आयोजित कार्यक्रममा शुक्रबार पुस्तक लोकार्पण भएको छ।
बाह्रखरी बुक्सको पहिलो प्रकाशनका रूपमा सार्वजनिक पुस्तकमाथि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राजनीतिक विश्लेषक डा. हरि शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेलगायतले टिप्पणी गरे। पुस्तकमा प्रजातन्त्र स्थापनाका लागि बीपीले गरेको संघर्ष, चालेको कदम, दरबारसँगको उनको विद्रोह र त्यही कारण झेल्नुपरेका अनेक संकटलाई विवेचना गरिएको उनीहरूले बताए।
कार्यक्रममा शर्माले बीपी राजनीतिक क्रान्ति र निरंकुशताविरुद्ध लडेको योद्धा रहेको धारणा राखे। पूर्वउपकुलपति माथेमाले पनि बीपी एक अद्भुत व्यक्ति रहेको र पुस्तकमा त्यसको सजीव चित्रण गरिएको बताए।
डा. पाण्डेले बीपीको राजनीतिक जीवन र दर्शन पनि उस्तै रहेको टिप्पणी गरिन्। पुस्तकमा बीपीले लेखेका कृतिमा नसमेटिएका विषय आएको उनको भनाइ छ।